पार्टी एकता र मोदी भ्रमणको कुनै साइनो छैनः श्रेष्ठ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १, २०७५
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  • काठमाडाै, १ जेठ।
  • माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टी एकतामा भइरहेको ढिलाईको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणसँग कुनै साइनो नरहेको बताएका छन् ।
  • वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा  श्रेष्ठले यस्ताे बताएका हुन ।

काठमाडाै, १ जेठ। माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टी एकतामा भइरहेको ढिलाईको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणसँग कुनै साइनो नरहेको बताएका छन् ।

वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा  श्रेष्ठले यस्ताे बताएका हुन । उनले भने ‘पार्टी एकताको सवालमा मोदी भ्रमणसँग कुनै साइनो सम्बन्ध छैन । पार्टी एकता गर्ने नगर्ने फैसला हामीले गर्ने हो, हिनग्रन्थीको शिकार हुनुहुँदैन ।’

सत्ता वा पदीय स्वार्थका कारण पार्टी एकतामा ढिलाई भएको उनले अस्वीकार गरे । ‘सत्तामा त हामी छँदैछौं, एकता गर्नै पर्दैन’ उनले भने, ‘पार्टी एकताका लागि दुईवटै पार्टीका अध्यक्षहरु नै अन्तरिमकालका लागि अध्यक्ष हुने भनिसकेका छौं, लिखित सहमति भइसकेको छ । पदमा पनि कुनै समस्या छैन ।’

वैचारिक, राजनीतिक र नीतिगत आधार तयार भइसकेको भन्दै उनले अब पार्टी एकता नरोकिने बताए । ‘छिटो भन्दा छिटो एकीकृत पार्टी घोषणा गर्छौ’ नेता श्रेष्ठले भने ।

 

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Bdhan Basnet

    dhanayabad bataunu vako ma

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?