कञ्चनपुरमा फेरि बालिका बलात्कृत!
सारांश
- कञ्चनपुर, ५ कात्तिक।
- निर्मला पन्तको बलात्कार पछि भएको हत्या घटनाले त्रसित कञ्चनपुरमा फेरि तीन बर्षिय बालिका बलात्कारको घटना भएकाे छ।
- आइतवार साँझ ७ बजे कञ्चनपुरको भीमदत्त नगरपालिका– १२ की तीन बर्षिय एक बालिका बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
कञ्चनपुर, ५ कात्तिक। निर्मला पन्तको बलात्कार पछि भएको हत्या घटनाले त्रसित कञ्चनपुरमा फेरि तीन बर्षिय बालिका बलात्कारको घटना भएकाे छ। आइतवार साँझ ७ बजे कञ्चनपुरको भीमदत्त नगरपालिका– १२ की तीन बर्षिय एक बालिका बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
उनलाई सोही स्थानका १४ बर्षिय युवकले बलात्कार गरेको कञ्चनपुरका डिएसपी कृष्णराज ओझाले बताए। ती युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले बताएको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया