सप्तकोसीमा पानीको बहाब यो वर्षकै उच्च, रातो बत्ति बल्यो, स्थानीय त्रसित

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ ३०, २०७५
|
|
२२ पटक हेरिएको
Shares
सप्तकोसीमा पानीको बहाब यो वर्षकै उच्च, रातो बत्ति बल्यो, स्थानीय त्रसित

सारांश

  • काठमाडाैँ, ३० असार ।
  • सप्तकोशीको बहाव शुक्रबार साँझको तुलनामा शनिबार सुस्त गतिमा घटेको छ ।
  • शनिबार बिहानको मापन अनुसार कोशीमा पानीको बहाव १ लाख ७३ हजार ८ सय २० क्यूसेक प्रतिसेकेण्ड छ ।

काठमाडाैँ, ३० असार । सप्तकोशीको बहाव शुक्रबार साँझको तुलनामा शनिबार सुस्त गतिमा घटेको छ । शनिबार बिहानको मापन अनुसार कोशीमा पानीको बहाव १ लाख ७३ हजार ८ सय २० क्यूसेक प्रतिसेकेण्ड छ ।

भारतीय पक्षले कोसी ब्यारेजको २८ नम्बर ढोका सामुन्नेबाट पाइलट च्यानल खनी नदीलाई पश्चिमतर्फ धकेलेपछि वर्षाैंदेखि मर्मत अभावमा जीर्ण रहेको पश्चिमी तटबन्ध र स्परमाथि खतरा बढेको छ  ।

शुक्रबार साँझ १ लाख ७५ हजार ८ सय २५ क्यूसेक प्रतिसेकेण्ड पुगेको थियो । उक्त बहाव यो वर्षकै सबैभन्दा बढी हो ।

पानीको बहावमा थोरै कमि देखिएपनि खतराको संकेत रातो बत्ति बालिएको छ । खतराको संकेतसँगै कोशी व्यारेजका ५६ ढोका मध्ये २४ वटा ढोका खुला गरिएको छ ।

बहाव बढेर भएर रातो बत्तिले खतराको संकेत दिँदा पूर्वीतटका बासिन्दा त्रसित हुन थालेका छन् । ०६५ साल भदौ २ गते कोशीको पूर्वीतट भत्किँदा कोशीमा पानीको बहाव १ लाख ६५ हजार क्युसेक प्रति सेकेण्ड रहेको थियो ।

त्यसबेला सुनसरीको कोशी गाँउपालिका डुबान भएर ७ हजार ५ सय ६३ परिवार विस्थापित भएका थिए भने ४ हजार विगाह भन्दा बढी खेती योग्य जमीन बालुवाले पुरेको थियो ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Tanka Giri

    गोबिन्द केसि मर्यो कि के हो यहाँ लगेर अनसन बसाउनु पर्छ

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?