३५ हजार २२१ पदका लागि १ लाख ४ हजार १२३ को उम्मेदवारी
सारांश
- काठमाडौं।
- ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि १ लाख ४ हजार १२३ जनाले मनोनयन दर्ता गराएका छन्।
- ७५३ वटा स्थानयि तहमा निर्वाचित हुनुपर्ने पद संख्या भने ३५ हजार २२१ हो।
काठमाडौं। ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि १ लाख ४ हजार १२३ जनाले मनोनयन दर्ता गराएका छन्। ७५३ वटा स्थानयि तहमा निर्वाचित हुनुपर्ने पद संख्या भने ३५ हजार २२१ हो। तर, झण्डै तेब्बर बढीले विभिन्न पदमा मनोनयन दर्ता गराएका हुन्।
सोमबार राति ११ बजे निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सबैभन्दा बढी मधेस प्रदेशमा २४ हजार १४३ जनाले मनोनयन दर्ता गराएका छन्। यसपछि प्रदेश १ मा १८ हजार ४९९ जना, लुम्बिनी प्रदेशमा १७ हजार ७२० जना, बाग्मती प्रदेशमा १७ हजार २२५ जना, सुदूरपश्चिम प्रदेशमा ९ हजार २० जना, कर्णाली प्रदेशमा ८ हजार ९८४ जना र गण्डकी प्रदेशमा ८ हजार ५३२ जनाले मनोनयन दर्ता गराएका छन्।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सर्वाधिक प्रमुख पदमा मधेस प्रदेशमा १ हजार ५ जना र सर्वाधिक कम कर्णाली प्रदेशमा १ सय ५९ जनाले मनोनयन दर्ता गराए। पप्रमुखमा पनि सर्वाधिक मधेस प्रदेशमै ४ सय ९५ जना र सर्वाधिक कम गण्डकी प्रदेशमा १ सय १५ जना, अध्यक्षमा सर्वाधिक ७ य ५४ जनाले मधेस प्रदेशमै र सर्वाधिक कम सुदूरपश्चिम प्रदेशमा २ सय २४ जनाले मनोनयन दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ।
उपाध्यक्षमा पनि मधेस प्रदेशमै बढी उम्मेदवारी परेको छ। त्यहाँ ३८३ जनाले उपाध्यक्षका लागि उम्मेदवारी दिँदा सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा १७३ जनाले उम्मेदवारी दिएका छन्।
यसरी नै वडा सदस्य पदमा सर्वाधिक ३६ हजार ४८८ जनाले मनोनयन दर्ता गराएका छन्। वडा अध्यक्षमा २५ हजार ६४ जना, महिला सदस्यमा १७ हजार ४६७ जना र दलित महिला सदस्य १५ हजार ६९७ जनाले मनोनयन दर्ता गराए। [image: IMG_6319.JPG-1-1.jpg]
प्रतिक्रिया