गाउँ घुम्न आउने पाहुनालाई दुई किलो स्याउ निःशुल्क
सारांश
- काठमाडौं २८ जेठ ।
- मुगुको छायानाथ नगरपालिकाको वामगाउँ घुम्न जाँदा जोकोहीले दुई किलो स्याउ निःशुल्क पाउने भएका छन् ।
- स्याउबारीमा गएर आफैं स्याउ टिप्नसमेत पाइनेछ ।
काठमाडौं २८ जेठ । मुगुको छायानाथ नगरपालिकाको वामगाउँ घुम्न जाँदा जोकोहीले दुई किलो स्याउ निःशुल्क पाउने भएका छन् । स्याउबारीमा गएर आफैं स्याउ टिप्नसमेत पाइनेछ ।
स्याउ खेती प्रवर्द्धन गर्दै पर्यटकीय आकर्षण बढाउन वडा कार्यालयले स्याउ उपहार दिने निर्णय गरेको हो ।
वाम छायानाथ नगरपालिकामा सबैभन्दा बढी स्याउ उत्पादन हुने गाउँ हो । रारा घुम्न आएका पर्यटक वामगाउँ पुग्ने गरेका छन् । –कान्तिपुर दैनिकबाट
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया