कतार विश्वकप आजबाट, जान्नुहोस् सम्पूर्ण जानकारी
सारांश
- काठमाडौं।
- पछिल्लो १२ वर्ष विभिन्न प्रश्न, आलोचना र अनुमानका बीच फिफा विश्वकप २०२२ कतारमा आज (आइतबार)बाट सुरु हुँदैछ।
- पहिलो पटक मुस्लिम मुलुकमा आयोजना हुन लागेको विश्वकपमा आयोजक कतार र इक्वेडरबीच उद्घाटन खेल हुनेछ।
काठमाडौं। पछिल्लो १२ वर्ष विभिन्न प्रश्न, आलोचना र अनुमानका बीच फिफा विश्वकप २०२२ कतारमा आज (आइतबार)बाट सुरु हुँदैछ। पहिलो पटक मुस्लिम मुलुकमा आयोजना हुन लागेको विश्वकपमा आयोजक कतार र इक्वेडरबीच उद्घाटन खेल हुनेछ।
समूह ‘ए’ को खेल नेपाली समय अनुसार दोहास्थित अल वेत मैदानमा राति पौने ९ बजे सुरु हुने तालिका छ। विश्वकपका सबै खेलको प्रत्यक्ष प्रशारण नेपालमा समेत हुनेछ। पहिलो दिन एकमात्रै खेल हुनेछ। दुबै टोली पहिलो खेल जित्दै विजयी सुरुआत गर्न चाहन्छन्।
यस समूहमा नेदरल्यान्डस् र सेनेगल समेत छन् । कतार आयोजकको नाताले पहिलो पटक विश्वकपमा सहभागी भएको हो।
मध्यपूर्वी एसियाको सानो देशमा हुने विश्वकपले सन् २०१० बाट नै निकै विवादको सामना गर्नुपरेको थियो। युरोप, दक्षिण अमेरिका, उत्तर अमेरिका, एसिया, अफ्रिका र आसियान क्षेत्रबाट उत्कृष्ट २३ टोलीले विश्वकपमा सहभागी जनाउनेछन्। जहाँ, इरान बाहेक सम्पूर्ण टोलीले २६ खेलाडी दर्ता गराएका छन्।
कतारको प्रशिक्षकमा फेलिक्स सान्चेज छन्। ४६ वर्षीय स्पेनिस प्रशिक्षकले कतारलाई ५-४-१ को रणनीतिमा मैदान उतार्नेछन्। इक्वेटरविरुद्ध खेल्नुअघि कतारले पाँच देशसँग मैत्रीपूर्ण खेल खेलेको थियो। जहाँ कतारले सबै खेल जितेको छ। इक्वेडरविरुद्ध कतारको हसन अल हैदुस मुख्य खेलाडी हुनेछन्।
दक्षिण अमेरिकी टोली इक्वेडरलाई अर्जेन्टिनी प्रशिक्षक गुस्ताफो अल्फारोले ४-३-३ को रणनीतिमा मैदान उतार्नेछन्। उनको प्रशिक्षणमा इक्वेडरले पछिल्लो ६ खेलमा दुईमा जित र चारमा बराबर खेलेको छ। हालसम्म इक्वेडरले विश्वकपमा १० खेल खेलेको छ।
मैदानमा मदिरा प्रतिबन्ध
मुस्लिम मुलुक कतारले रंगशालामा मदिरा विक्रीमा प्रतिबन्ध लगाएको छ। फिफाले प्रतियोगिता सुरु हुन दुई दिन अघि मात्रै यस्तो घोषणा गरेको हो। फिफाले कतारी राजपरिवारको दबाबमा मदिरामा प्रतिबन्ध लगाएको जनाएको छ ।
यसअघि रंगशालामा मदिरा विक्री हुने बताइएको थियो । कट्टर इस्लामिक राष्ट्र भएको नाताले कतारमा मदिरा सेवन तथा यौनजन्य क्रियाकलापमाथि कडा प्रतिबन्ध थियो।
आठ मैदानमा खेल
कतारले विश्वकपमा ६४ खेलहरु आठ रंगशालामा आयोजना गर्नेछ । मुख्य आठ रंगशालामा रहँदा सहभागी टोलीले अभ्यासको लागि अन्य मैदानको प्रयोग गर्नेछन् । कतारले विश्वकपको लागि ८० हजार दर्शक क्षमताको लुसेल आइकोलिन रंगशाला बनाएको छ ।
६० हजार क्षमताको अल वेत रंगशालमा छ। यसैगरी ४० हजार दर्शक क्षमताको एडुकेसनल सिटी रंगशाला, अहमद विन अली रंगशाला, खलिफा अन्तर्राष्ट्रिय रंगशाला, अल–थुमामा रंगशाला, स्टेडियम ९७४, अल–जनोब रंगशालामा खेल हुनेछन्।
free binance account
Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.
注册免费账户
Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.
binance registrering
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you. https://accounts.binance.com/da-DK/register-person?ref=V2H9AFPY