पर्सा,खोटाङ्ग,सोलुखुम्बु र रौतहटमा मृत अवस्थामा फेला
सारांश
- काठमाडौं, २० असोज पर्सा ः ठोरी गाउँपालिका–५ सुवर्णपुर बस्ने ५४ बर्षीय गेलुङ्ग लामाको श्रीमती ५० बर्षीया सानी लक्ष्मी बम्जन सोही स्थान बस्ने जमुना प्रसाद चौधरीको उखु बारीमा बिहीबार मृत अवस्थामा पेला परेकी छिन् ।
- घटनामा संलग्न शंकास्पद २ जनालाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।
- खोटाङ्ग ः लामिडाँडा गाउँपालिका–१ कुभिण्डे बस्ने ५० बर्षीय नेत्र बहादुर बि.
काठमाडौं, २० असोज
पर्सा ः ठोरी गाउँपालिका–५ सुवर्णपुर बस्ने ५४ बर्षीय गेलुङ्ग लामाको श्रीमती ५० बर्षीया सानी लक्ष्मी बम्जन सोही स्थान बस्ने जमुना प्रसाद चौधरीको उखु बारीमा बिहीबार मृत अवस्थामा पेला परेकी छिन् ।
घटनामा संलग्न शंकास्पद २ जनालाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।
खोटाङ्ग ः लामिडाँडा गाउँपालिका–१ कुभिण्डे बस्ने ५० बर्षीय नेत्र बहादुर बि.क. सोही स्थान स्थित सिस्ने भन्ने स्थानमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
सोलुखुम्बु ः दुधकोशी गाउँपालिका–६ तामाखानी बस्ने ७० बर्षीय जुल्ठे मगर घरबाट गोठ जान्छु भनि हिडेकोमा गोठ नजिकैको जंगलमा बिहीबार मृत फेला परेका छन् ।
रौतहट ः दुर्गाभगवती गाउँपालिका–२ भलोहिया बस्ने राम नारायण दासको छोरी ८ बर्षीया ममता कुमारी र सोही स्थान बस्ने बिकाश दासको छोरी ९ बर्षीया काजल कुमारी सोही स्थान स्थित डोरी खोलामा नुहाउने क्रममा बेपता भएको खबर पश्चात प्रहरी टोली खटि गई खोजतलास गर्ने क्रममा भलोहीया स्थित रहेको डोरी खोलामा दुवै जना मृत अवस्थामा फेला परेका छन् ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया