सुरु भयो सामाजिक सुरक्षा कार्यक्रम, यस्ता छन् दस नारा
सारांश
- काठमाडौं, ७ मंसिर ।
- योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको तयारी पूरा भएको छ।
- श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले शुक्रबार यसबारे जानकारी गराउँदै कार्यन्वयनमा लैजान लागिएको श्रम मन्त्रालयका सचिव महेश दाहालले बताए।
काठमाडौं, ७ मंसिर । योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको तयारी पूरा भएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले शुक्रबार यसबारे जानकारी गराउँदै कार्यन्वयनमा लैजान लागिएको श्रम मन्त्रालयका सचिव महेश दाहालले बताए। पहिलो चरणमा प्रतिष्ठान स्तरकाश्रमिकहरुले योगदानमा आधारित सामाजिक सुरक्षा योजना सूचीकरण भइ सामाजिक सुरक्षा कोषबाट औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरषा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा स्किम अन्तर्गत सामाजिक सुरक्षा प्राप्त गर्ने छन्।
यस्तै कोषबाट सञ्चालन हुने स्किममा समावेश औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाको लागि औषधि उपचार तथा स्वास्थ्य सेवाको सुविधा प्राप्त गर्न कम्तिमा पनि ६ महिना योगदान गर्नु पर्ने हुन्छ। यसका साथै मातृत्व सुरक्षा योजनाको लागि १८ महिनाको अवधिमा १२ महिना योगदान गर्नु पर्ने हुन्छ। त्यस्तै रोजगारीजन्य दुर्घटना तथा व्यवसायजन्य रोगको उपचारमा लाग्ने सम्पूर्ण खर्च स्किममा समावेश गरिएको छ तर त्यसमा पनि २ वर्ष योगदान गर्नु पर्ने प्रावधान राखिएको छ।

प्रतिक्रिया