कपिलवस्तुका स्वास्थ्य संस्थाहरुमा औषधीको अभाव
सारांश
- कपिलवस्तु, २ पुस ।
- कपिलवस्तुका स्वास्थ्य संस्थाहरुमा औषधी अभाव भएको छ ।
- अस्पतालको सञ्चालन गर्ने जिम्मा पाएको कपिलवस्तु नगरपालिकाको वेवास्ताका कारण अस्पतालमा औषधीको अभाव भएपछि सेवाग्राहीले सास्ती खेप्नु परेको हो ।
कपिलवस्तु, २ पुस । कपिलवस्तुका स्वास्थ्य संस्थाहरुमा औषधी अभाव भएको छ । अस्पतालको सञ्चालन गर्ने जिम्मा पाएको कपिलवस्तु नगरपालिकाको वेवास्ताका कारण अस्पतालमा औषधीको अभाव भएपछि सेवाग्राहीले सास्ती खेप्नु परेको हो ।
अस्पतालसहित नगरपालिका भित्रका स्वास्थ्य संस्थाहरुमा ५ महिनायता औषधीको अभाव हुँदै आएको छ । अस्पतालमा सरकारले स्वास्थ्य संस्थाहरुमा निःशुल्क उपलब्ध गराउने भनिएका ७० किसिमका औषधी मात्र होइन अत्यावश्यक औषधी समेत छैन ।
चालु आर्थिक बर्षमा तौलिहवा अस्पताल सुदृढिकरण कार्यक्रममा नगरपालिकाले ७० लाख रुपैया र केन्द्रबाट अस्पतालको लागि आएको ३० लाख अनुदानको रकम समेत नदिएको दाबी अस्पताल प्रशासनका रत्नाकर शुक्लाले जानकारी दिए ।
तीन जना चिकित्सकको दरबन्दी रहेको जिल्ला अस्पतालमा अहिले एक जना मात्रै कार्यरत रहेका छन् ।
प्रतिक्रिया