नयाँ स्मार्ट लाइसेन्सका लागि आगामी आइतवारदेखि आवेदन खुला गरिने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १०, २०७५
|
|
३२ पटक हेरिएको
Shares
नयाँ स्मार्ट लाइसेन्सका लागि आगामी आइतवारदेखि आवेदन खुला गरिने

सारांश

  • काठमाडौँ, १० साउन ।
  • लामो समयदेखि स्मार्ट लाइसेन्स नपाएका चार लाखभन्दा बढि सवारी चालकले आगामी दशैंसम्ममा सवारी चालक अनुमति पत्र (लाइसेन्स) पाउने भएका छन् ।
  • स्मार्ट लाइसेन्स लिनका लागि पास अर्थात् योग्य भएका चार लाखभन्दा बढि संख्याका सवारी चालकहरुले अझै लाइसेन्स पाएको अवस्था छैन ।

काठमाडौँ, १० साउन । लामो समयदेखि स्मार्ट लाइसेन्स नपाएका चार लाखभन्दा बढि सवारी चालकले आगामी दशैंसम्ममा सवारी चालक अनुमति पत्र (लाइसेन्स) पाउने भएका छन् । स्मार्ट लाइसेन्स लिनका लागि पास अर्थात् योग्य भएका चार लाखभन्दा बढि संख्याका सवारी चालकहरुले अझै लाइसेन्स पाएको अवस्था छैन । सोही विषयलाई सम्बोधन गर्नका लागि विभागले पहिला ट्रयायल, लिखित, मेडिकल भइ लाइसेन्स पाउन योग्य भएका चार लाखभन्दा बढिको संख्यामा रहेकालाई विभागले आगामी दशैंसम्ममा स्मार्ट लाइसेन्स उपलब्ध गराउने लक्ष्य राखेको छ ।

विभाग स्रोतका अनुसार अहिले विभागले आठ वटा छपाइ मेसिनबाट तीन सिफ्टमा गरी दैनिक सात हजार लाइसेन्स छाप्ने तयारी गरेको छ । सोहीअनुसार अहिले विभागले चारवाटा मेसिन थप गरी आठ वटा मेसिनले स्मार्ट कार्ड छपाइ गर्ने तयारी गरेको छ । स्मार्ट लाइसेन्स छाप्नका लागि मेसिन, जनशक्ति र प्राविधिक कारणमा ढिलासुस्ती हुँदा आवेदन दिएका र योग्य भएका उक्त संख्याका सवारीधनीले लाइसेन्स पाउन सकेका छैनन् । विभागले यी संख्याका सवारी धनीलाई आगामी दशैंसम्ममा लाइसेन्स दिने योजना राखेको स्रोतले जनाएको छ ।

विभागका ढिला सुस्तीका कारण अहिले लाखौं सवारी धनीहरु स्मार्ट लाइसेन्सविना सवारी सञ्चालन गरिरहेका छन् । विभागले उपलब्ध गराएको कागजातका भरमा सवारी सञ्चालन गरेका छन् ।विभागले यसअघि चार लाख स्मार्ट लाइसेन्स वितरण गरिसकेको छ ।

यस्तै विभागका प्रवक्ता तुलसिराम अर्यालले नयाँ स्मार्ट लाइसेन्सका लागि आगामी आइतवारदेखि आवेदन खुला गरिने जानकारी दिए । योसँगै अब एक महिनाभन्दा बढि समयदेखि बन्द रहेको लाइसेन्सका लागि आवेदन दिने प्रक्रिया खुला हुने भएको छ । विभागका अनुसार कार, वाइक, स्कुटरलगायतकाले लाइसेन्स लिनका लागि आवेदन दिन पाउनेछन् । विभाग स्रोतका अनुसार अहिले दैनिक ३५ सय लाइसेन्सको माग रहेको छ । बढ्दो सवारी साधनको आयात र प्रयोगले अहिले धेरै संख्यामा स्मार्ट लाइसेन्सको माग छ । तर, विभागसँग पर्याप्त मात्रामा दक्ष जनशक्ति नहुँदा र मेसिन नहुँदा यो प्रक्रिया लम्बिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?