गठबन्धनलाई भोट माग्ने अधिकार छैन

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ११, २०७४
|
|
३१ पटक हेरिएको
Shares
गठबन्धनलाई भोट माग्ने अधिकार छैन

सारांश

  • भक्तपुर, ११ मंसिर : नेपाल मजदुर किसान पार्टीका सचिव एवं भक्तपुर क्षेत्र नं १ का उम्मेदवार प्रेम सुवालले देश र जनताका हितमा काम नगर्ने तीन ठूला दलका नेतालाई भोट माग्ने अधिकार नभएको बताउनु भएको छ ।
  • सरकारमा जानका लागि मात्र चुनाव जित्न खोज्ने नेपाली काँग्रेस तथा राप्रपा र एमाले तथा माओवादीलगायतले गठबन्धन गरी जनताको घरदैलोमा आएकाले ती गठबन्धनलाई जनतासँग भोट माग्ने अधिकार नभएको बताउनुभएको हो ।
  • अगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका क्रममा चाँगुनारायण नगरपालिका–९ ताथलीको बाला टोलमा पुग्नुभएका सुवालले जसरी पनि चुनाव जित्ने र सरकारमा जाने दाउमा रहेका पार्टीहरुले देश र जनताको हितमा कुनै पनि काम नगरेकाले जनताको हितमा काम नगर्ने पार्टीलाई जनतासँग भोट माग्ने अधिकारसमेत छैन भन्नुभयो ।

भक्तपुर, ११ मंसिर : नेपाल मजदुर किसान पार्टीका सचिव एवं भक्तपुर क्षेत्र नं १ का उम्मेदवार प्रेम सुवालले देश र जनताका हितमा काम नगर्ने तीन ठूला दलका नेतालाई भोट माग्ने अधिकार नभएको बताउनु भएको छ ।

सरकारमा जानका लागि मात्र चुनाव जित्न खोज्ने नेपाली काँग्रेस तथा राप्रपा र एमाले तथा माओवादीलगायतले गठबन्धन गरी जनताको घरदैलोमा आएकाले ती गठबन्धनलाई जनतासँग भोट माग्ने अधिकार नभएको बताउनुभएको हो ।

अगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका क्रममा चाँगुनारायण नगरपालिका–९ ताथलीको बाला टोलमा पुग्नुभएका सुवालले जसरी पनि चुनाव जित्ने र सरकारमा जाने दाउमा रहेका पार्टीहरुले देश र जनताको हितमा कुनै पनि काम नगरेकाले जनताको हितमा काम नगर्ने पार्टीलाई जनतासँग भोट माग्ने अधिकारसमेत छैन भन्नुभयो ।

सरकारमा जाने तर जनताको हितमा कुनै पनि नीति नबनाउने, भ्रष्टाचारलाई बढावा दिने र राजनीतिमा गुण्डागर्दी भित्र्याउने चरित्रका ती दललाई भोट दिनुको औचित्य नभएको चर्चा गर्दै उहाँले भन्नुभयो, “उनीहरु कुन नैतिकताले जनताको घरमा पुगिरहेका छन् भन्ने मतदाताले बुझ्नु आवश्यक छ ।”

नेता सुवालले आफ्नो पार्टीले सडक र सदन दुबैमा संघर्ष गरी जनताको पक्षमा नीति बनाउन पहल गरेकाले मत दिएर सघाउनुपर्नेमा जोड दिनुभयो ।

भेलामा प्रदेशसभा १ चाँगुनारायणका उम्मेदवार नीरज लवजूले देशलाई अफ्ठ्यारो परेको बेलामा एमाले, काँग्रेस र माओवादीका नेताले केही बोल्न नसकेकाले ती दललाई मत दिन नहुने बताउनुभयो ।

(finegrowndiamonds.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?