सीता दाहाल : चितवनकी छोरी, बुहारी र आमा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २८, २०८०
|
|
४६ पटक हेरिएको
Shares
सीता दाहाल : चितवनकी छोरी, बुहारी र आमा

सारांश

  • चितवन ।
  • बुधबार बिहान काठमाडौँको नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएकी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको जीवन अधिकांश समय चितवनमा बित्यो ।
  • छ वर्षको कलिलो उमेरमै चितवन झरेकी सीताको त्याँही विवाह भयो ।

चितवन । बुधबार बिहान काठमाडौँको नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएकी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको जीवन अधिकांश समय चितवनमा बित्यो । छ वर्षको कलिलो उमेरमै चितवन झरेकी सीताको त्याँही विवाह भयो । सन्तान त्याँही जन्मिए उनको उर्जाशील धेरै समय पनि चितवनै बित्यो ।

बाहिर चर्चा निकै कम भए पनि सशस्त्र द्वन्द्वको नेतृत्वकर्ता प्रचण्डलाई सफल बनाउन सीता दाहालको भूमिका महत्वपूर्ण थियो । चितवन सीताका लागि माइति र घर दुवै थयो । यस हिसाबले उनी चितवनको छोरी मात्रै होइन बुहारी र आमा पनि थिइन् । दाहालकी माईली छोरी रेनु दाहाल यतिबेला भरतपुर महानगरपालि प्रमुख छिन् ।

विसं २०११ साल असार २१ गते कास्कीको हेम्जामा (हालको पोखरा महानगरपालिका वडा नं. २५) मा जन्मिएकी सीता छ वर्षको उमेरमा बुबाआमासँगै चितवन झरिन् । पटिहानीको सुन्दरबस्तीमा उनीहरु बसोबास गर्थे । नजिकै शिवनगरको भीमसेन नगरका पुष्पकमल दाहालसँग उनको २०२६ सालमा विवाह भयो । तत्कालिन समयमा दाहालले प्रवेशिका परीक्षा मात्रै दिएका थिए ।

सीताका भाई हेमराज पौडेलका अनुसार बिसं २०३० सालमा प्रचण्ड गोरखा पढाउन जाँदै गर्दा सीता भने सासुससुरासँगै भीमसेननगरमै रहे । पौडेलका भनाइमा २०३० सालदेखि ३८ सालको बीचमा तीन छोरी र एक छोरालाई उनले जन्म दिइन् ।

पौडेलले भने “यही समयमा भिनाजु प्रचण्ड अर्धभूमिगत भएपछि निकै संघर्षका साथ दिदीले भान्जाभान्जी हुर्काउनुभयो ।” उनले घरका सासु ससुरासँगै माईतकी आमाको सहयोगले छोरीछोरी हुर्काउन सकिन् । संघर्षकै क्रममा २०४२ सालतिर प्रचण्ड परिवार काठमाडौँमा बस्न थाल्यो । माईली छोरी रेनु भने दुई वर्षको उमेरदेखि एसएलसीसम्मको पढाइ नसकिँदासम्म मामाघरमै बसिन् । ललितपुरको पाटन, गोङ्गबुलगायतका क्षेत्रमा भाडाका घरमा सङ्घर्षका साथ दिदीले भान्जाभान्जी हुर्काएको पौडेल स्मरण गर्छन् ।

“धनसम्पत्ति आर्जनगर्नेतर्फ कहिल्यै ध्यान नदिने सीता सर्वहारा वर्गको हितका लागि जहिल्यै पनि लाग्नुपर्छ भन्नुहुन्थ्यो”, पौडेलले स्मरण गर्दै भने, “दिदीले कहिल्यै आफ्नो दुःख सम्झनुभएन । सधैं सर्वहारा वर्ग र महिलाका हकहितका पक्षमा कुरा गर्नुहुन्थ्यो ।”

जीवनको उत्तराद्र्धमा सीतालाई बुबाआमा बसेको र आफू हुर्किएको सुन्दर बस्तीमा घर बनाएर बस्न मन थियो । भान्जा भान्जीका लागि जग्गा पनि दिएको भन्दै पौडेलले पछि आफ्नै पैत्तृक सम्पत्तिमा घर बनाए पनि दिदी बस्न नपाउनु भएको बताए ।

भरतपुर महानगरपालिका वडा नं. १४ भीमसेन नगरमा दाहाल परिवारले घर बनाएको छ । अघिल्लो निर्वाचनमा प्रचण्डले चितवन क्षेत्र नं. ३ बाट निर्वाचित भएपछि आफ्नै गृहजिल्लालाई राजनीतिक थलो बनाउन चाहेर घर बनाइएको थियो । श्रीमती सीताको इच्छा समेत पूरा गर्दै नयाँ घर बनेपनि सीताले उक्त घरमा जम्मा तीन रात मात्रै बिताउन पाइन् । पौडेलले भने “घर बनाउने दिदीको ईच्छा पूरा भएपनि बस्ने ईच्छा पूरा हुन पाएन ।”

देश र विदेशले प्रचण्डलाई चिन्दै गर्दा सीतालाई धेरै कमले चिने । तर, चिन्नेहरु उनीसँग निकै निकट भएको देखिन्छ । विस २०५३ मा माइली छोरी रेनुसँग विवाह बन्धनमा बाँधिएका अर्जुन पाठक सीता आमाले तल्लो वर्गका नागरिकको पक्षमा लाग्न सबैलाई प्रेरणा दिने गरेको स्मरण गरे ।
आफ्नो व्यक्तिगत स्वार्थका लागि कहिल्यै नलाग्ने सीताले जनताको अधिकार प्रत्याभूतिका लागि सधैं लाग्न उत्प्रेरणा दिने गरेको उनको भनाइ छ । संविधानसभामार्फत् संविधान बनेपछि पनि संविधान प्रदत्त अधिकार आम नागरिकलाई दिलाउन लाग्न सबैसँग उनको आग्रह हुने गरेको पाठकले बताए ।

सादा र सादगी जीवन बिताउनुहुने सीता हक्की स्वभावको थिइन् । प्रचण्डका बहिनी ज्वाई भक्तिराम अधिकारीले भने, “परिवारका सबैसँग उत्तिकै राम्रो सम्बन्ध दिदीले गर्नुहुन्थ्यो ।” परिवारको एउटा मियोका रुपमा दिदी सीता रहेको अधिकारीले स्मरण गरे । प्रचण्डलाई सफल बनाउनुको पछाडि सीताको महत्वपूर्ण साथ रहेको उनको बुझाइ छ ।

पछिल्लो एक दशक यता प्रचण्ड परिवारसँग निकट भएर काम गर्दै आएका पत्रकार सुरेशचन्द्र अधिकारीको बुझाइमा परिवारदेखि आम नागरिकसम्ममा सीताले प्रत्यक्ष अप्रत्यक्ष रुपमा पु¥याएको योगदान आफैमा महत्वपूर्ण छ । उनले भने, “आमा सीताले कहिल्यै कसैको कुभलो चिताउनु भएन ।”

प्रचण्डले महत्वपूर्ण निर्णय गर्नुपर्दा सीताकै सुझाव लिने गरेको अधिकारीको भनाइ छ । सीता दाहाल साँच्चिकै अन्तरमुखी स्वभावको असङ्ख्य पीडा सहन सक्ने महिला भएको अधिकारीको भनाइ छ ।

जनयुद्धका समयमा सिङ्गो पार्टीको अभिभावकका रूपमा उनले पार्टीभित्रका चुनौती, सङ्कट, विवाद समाधानका निम्ति समन्वयकारी भूमिका निर्वाह गरेको उनका निकटस्थहरु बताउँछन् । विसं २०२८ देखि नै कम्युनिष्ट आन्दोलनमा आबद्ध उहाँ जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल माओवादी केन्द्रको सल्लाहकार थिइन् ।

जनयुद्धसँगै उनका धेरै समय नेपालका ग्रामीण क्षेत्रसँगै भारतीय भूभागमा पनि बितेका छन् । ती अतितका सङ्घर्षका समयलाई सामना गर्दै आफ्नो जीवनको उत्तराद्र्धसम्म उनी अविचलित रहिन् ।

पछिल्लो समय बिरामी भएपछि भने उनी थला परेकी थिइन् । दुई साताअघि भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पारिवारिक सन्दर्भका कुरा गर्दैगर्दा भनेकी थिइन्, “काठमाडौँबाट साँझ बिहान बुबाको फोन आउँदै गर्दा झसङ्ग हुने गर्दछ । कतै आमालाई केही भयो कि भनेर झस्काईरहन्छ ।” नभन्दै बुधबार विहान त्यही नमीठो खबर प्राप्त भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमालेले चुनावी घोषणापत्र र प्रतिबद्धता पत्र ९ वैशाखमा सार्वजनिक गर्ने
एमालेले चुनावी घोषणापत्र र प्रतिबद्धता पत्र ९ वैशाखमा सार्वजनिक गर्ने
युवासंघ र वाइसिएलका युवाहरुले ६ रोपनी जग्गा सके
युवासंघ र वाइसिएलका युवाहरुले ६ रोपनी जग्गा सके
नेपालको आफ्नै आर्थिक नीति छ, दातृ निकायसँग मिल्नैपर्छ भन्ने छैन : अर्थमन्त्री महत
नेपालको आफ्नै आर्थिक नीति छ, दातृ निकायसँग मिल्नैपर्छ भन्ने छैन : अर्थमन्त्री महत
आइपिएलः खेलाडी किनबेचको समय सकियो, कुन टिमले कसलाई बेचेर कसलाई किने ?
आइपिएलः खेलाडी किनबेचको समय सकियो, कुन टिमले कसलाई बेचेर कसलाई किने ?
सपनामा अर्की महिलालाई देखेको भन्दै श्रीमतीले श्रीमान्‌को यौनाङ्गमा खन्याइदिइन् तातो पानी
सपनामा अर्की महिलालाई देखेको भन्दै श्रीमतीले श्रीमान्‌को यौनाङ्गमा खन्याइदिइन् तातो पानी
मीनबहादुरवाट पार्टी कार्यालय बनाउने विषयमा एमालेकै नेताहरुको विरोध
मीनबहादुरवाट पार्टी कार्यालय बनाउने विषयमा एमालेकै नेताहरुको विरोध
जननिर्वाचित प्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा पढने
जननिर्वाचित प्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा पढने
प्रधानमन्त्रीको सम्बोधन नै रोक्छु भन्नु कमिलाको प्वाँख पलाएजस्तै हो : पहारी,
प्रधानमन्त्रीको सम्बोधन नै रोक्छु भन्नु कमिलाको प्वाँख पलाएजस्तै हो : पहारी,
राष्ट्रपति पौडेलको स्वास्थ्य परीक्षण
राष्ट्रपति पौडेलको स्वास्थ्य परीक्षण
वामदेव फकाउँदै ओली, महाधिवेशनबाट अध्यक्ष बनाउने प्रस्ताव !
वामदेव फकाउँदै ओली, महाधिवेशनबाट अध्यक्ष बनाउने प्रस्ताव !