‘कबड्डी कबड्डी कबड्डी’को प्रिमियर, चलचित्रकर्मीले के भने ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन ३, २०७६
|
|
१६ पटक हेरिएको
Shares
‘कबड्डी कबड्डी कबड्डी’को प्रिमियर, चलचित्रकर्मीले के भने ?

सारांश

  • काठमाडौं।
  • वर्षकै प्रतिक्षितमध्येको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ शुक्रबारदेखि देशब्यापी प्रदर्शनमा आएको छ।
  • चलचित्रको बिहीबार साँझ काठमाडौंको जय नेपाल हलमा प्रिमियर गरिएको छ।

काठमाडौं। वर्षकै प्रतिक्षितमध्येको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ शुक्रबारदेखि देशब्यापी प्रदर्शनमा आएको छ।चलचित्रको बिहीबार साँझ काठमाडौंको जय नेपाल हलमा प्रिमियर गरिएको छ। प्रिमियरमा चलचित्रकर्मी तथा मिडियाकर्मीको बाक्लो उपस्थिति रहेको थियो।चलचित्र हेरिसकेपछि हाँस्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेले चलचित्रको कथा, निर्देशकीय क्षमता, प्रस्तुती, कलाकारको अभिनय पर्दामा राम्रोसंग देखिएको बताए। ‘दर्शकमा जुन अपेक्षा हुन्छ। त्यो चलचित्रले पूरा गर्नेछ’– सितारामले भने। यता कुञ्जनाले धेरैपछि एउटा राम्रो चलचित्र हेर्न पाएको बताइन्।

निर्देशक दीपाश्री निरौलाले चलचित्रले दर्शकलाई बाँध्ने बताइन्। भनिन् –‘एकदमै रमाईलो लाग्यो। यत्तिको चलचित्र बनाएपछि दर्शकले गाली गर्नुहुन्न।’ अभिनेत्री वर्षा राउतले चलचित्रले दर्शकको पैसा असुल गर्ने बताइन्।त्यस्तै निर्माता माधव वाग्ले, हाँस्य कलाकार सन्दीप क्षेत्री, अभिनेता स्रजोग कोइराला लगायतले एउटा मौलिक कथामा उत्कृष्ट चलचित्र बनेको बताए।प्रिमियरमा अभिनेत्री शिल्पा पोखरेल, गायक तथा संगीतकार कालीप्रसाद बास्कोटा, मोडल एलिसा राई, निर्माता अर्जुन कुमार, रोहित अधिकारी लगायतको उपस्थिति थियो।

यस्तै, चलचित्रका मुख्य कलाकार दयाहाङ राई, उपासना सिंह ठकुरी, विल्सन विक्रम राई, वुद्दि तामाङ, विजय बराल, रिश्मा गुरुङ, कमलमणी नेपाल लगायतका कलाकार पनि हल पुगेका थिए।
‘कबड्डी कबड्डी कबड्डी’लाई रामबाबु गुरुङले निर्देशन गरेका हुन्।

(kidsrkids.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राप्रपाको चुनावी घोषणापत्र सार्वजनिक, भ्रष्टाचारमा शून्य शहनशीलताको नीति
राप्रपाको चुनावी घोषणापत्र सार्वजनिक, भ्रष्टाचारमा शून्य शहनशीलताको नीति
५ जना वडाध्यक्ष मेयरविरुद्ध अनशनमा!
आयल निगमको अनियमितता छानबिन गर्न उपसमिति गठन
आयल निगमको अनियमितता छानबिन गर्न उपसमिति गठन
सिरिया आक्रमणको विरुद्ध अमेरिकामा हस्ताक्षर संकलन, सुरक्षा परिषदको आकस्मिक बैठक
सिरिया आक्रमणको विरुद्ध अमेरिकामा हस्ताक्षर संकलन, सुरक्षा परिषदको आकस्मिक बैठक
एमसिए–नेपालद्वारा तीनवटै ४०० केभी सबस्टेशनको निर्माण सम्झौता सम्पन्न
एमसिए–नेपालद्वारा तीनवटै ४०० केभी सबस्टेशनको निर्माण सम्झौता सम्पन्न
प्रचण्ड र माधव नेपाल बिग्रहको बाटोमा अग्रसर भएको आरोप लगाउँदै प्रधानमन्त्री ओलीले भनेः पार्टीको भविष्य जोगाउन ताजा जनादेश लिने निर्णय गरेँ
निर्वाचन आयोगले भन्यो,‘६७ प्रतिशत मत खस्यो, सबैभन्दा धेरै गुल्मीमा ७१ प्रतिशत मत खस्यो
निर्वाचन आयोगले भन्यो,‘६७ प्रतिशत मत खस्यो, सबैभन्दा धेरै गुल्मीमा ७१ प्रतिशत मत खस्यो
राष्ट्रपतिद्वारा कीर्तिमानी आरोही हरि बुढामगरलाई सम्मान
राष्ट्रपतिद्वारा कीर्तिमानी आरोही हरि बुढामगरलाई सम्मान
आयोगले सोध्यो केशव स्थापितसँग चौबिस घण्टे स्पष्टीकरण
आयोगले सोध्यो केशव स्थापितसँग चौबिस घण्टे स्पष्टीकरण
‘नारायाणगोपाल सङ्गीत पुरस्कार’ दाहाल र निरौलालाई
‘नारायाणगोपाल सङ्गीत पुरस्कार’ दाहाल र निरौलालाई

तपाईंले छुटाउनुभयो कि?