आयल निगमको अनियमितता छानबिन गर्न उपसमिति गठन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण ३, २०७४
|
|
४४ पटक हेरिएको
Shares
आयल निगमको अनियमितता छानबिन गर्न उपसमिति गठन

सारांश

  • काठमाडौँ, ३ साउन ।
  • नेपाल आयल निगमको जग्गा खरिदसम्बन्धी अनियमितता छानबिन गर्न उपसमिति गठन गरेको छ ।
  • अर्थ समितिको आजको बैठकले सांसद अब्दुल रज्जाकको संयोजकत्वमा सरस्वती बजिमय, इच्छाराज तामाङ, नरदेवी पुन, सिर्जना तरामु र रमेशप्रसाद कुर्मी सदस्य रहेको उपसमिति गठन गरेको हो ।

काठमाडौँ, ३ साउन । नेपाल आयल निगमको जग्गा खरिदसम्बन्धी अनियमितता छानबिन गर्न उपसमिति गठन गरेको छ ।

अर्थ समितिको आजको बैठकले सांसद अब्दुल रज्जाकको संयोजकत्वमा सरस्वती बजिमय, इच्छाराज तामाङ, नरदेवी पुन, सिर्जना तरामु र रमेशप्रसाद कुर्मी सदस्य रहेको उपसमिति गठन गरेको हो ।

उपसमितिले उक्त अनियमितता सम्बन्धमा स्थलगत अध्ययन गरी समिति समक्ष प्रतिवेदन बुझाउने समितिका सभापति प्रकाश ज्वालाले बताउनुभयो । आयल निगमले इन्धन भण्डारणका लागि झापा, सर्लाही, भैरहवा र चितवनमा जग्गा खरिद गर्ने क्रममा करोडौँ अनियमितता भएको सूचना सार्वजनिक भएपछि सो विषयमा आज समितिमा छलफल भएको हो ।

बैठकमा आपूर्ति मन्त्रालयका सचिव एवम् निगम सञ्चालक समिति अध्यक्ष प्रेमकुमार राईले जग्गा खरिदसम्बन्धी नीतिगत व्यवस्थाका बारेमा जानकारी गराउनुभएको थियो । त्यस्तै निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्काले जग्गा खरिद नियमसंगत रुपमा भएको स्पष्ट पार्नुभयो ।

उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले निगमको जग्गा खरिद प्रक्रियामा करोडौँ रुपैयाँको भ्रष्टाचार भएको भन्दै दोषीलाई कडा कारबाही गर्न माग गर्नुभयो । बैठकमा सांसदले निगम नेतृत्वले कानुन मिचेर जग्गा खरिद प्रक्रिया अघि बढाइएको र चलनचल्तीभन्दा बढी मूल्यमा खरिद गरिएको भन्दै आवश्वक छानबिन गरी कारबाहीका लागि सिफारिश गर्न माग गर्नुभएको थियो ।

त्यस्तै बैठकमा कृषि विकास बैंकको जग्गा बिक्री गर्दा अनियमितता भएको भन्ने विषयमा पनि छलफल भएको थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाले उक्त विषयमा कुनै अनियमितता नभएको भन्दै बचाउ गर्नुभएको थियो ।

बैठकले कृषि विकास बैंकको जग्गा बिक्री गर्दा अनियममितता भएको भन्ने सम्बन्धमा थप कागजात अध्ययन गरेर मात्र उपसमिति बनाउने निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

The value of a Health and wellbeing Check
उपहारको चार फस्टलुक पोस्टर सार्वजनिक
उपहारको चार फस्टलुक पोस्टर सार्वजनिक
जघन्य अपराधका मुद्दा फिर्ता भएको छैन – प्रधानमन्त्रीको सचिवालय
प्रधानमन्त्रीलाई डा. संग्रौलाले दिए यस्तो सुझाव : ‘हाम्रा परिवार एनजिओले भत्काइसके, एकनाथजस्ता असफल पार्न उद्दत छन्’
प्रधानमन्त्रीलाई डा. संग्रौलाले दिए यस्तो सुझाव : ‘हाम्रा परिवार एनजिओले भत्काइसके, एकनाथजस्ता असफल पार्न उद्दत छन्’
प्रतिनिधिसभाका लागि एमालेका ६० उम्मेदवार सर्वसम्मत (सूचीसहित)
प्रतिनिधिसभाका लागि एमालेका ६० उम्मेदवार सर्वसम्मत (सूचीसहित)
अभिभावकबाट ८ अर्ब असुल्छन् निजी विद्यालय
अभिभावकबाट ८ अर्ब असुल्छन् निजी विद्यालय
Online Casino Spiele Bei Vulkan Vegas Bonus 150
विदेशी टेलिभिजन च्यानलको अनुमति शुल्क बढ्याे, ५० हजार तिरिरहेका च्यानलले ७ लाख तिर्नुपर्ने !
विदेशी टेलिभिजन च्यानलको अनुमति शुल्क बढ्याे, ५० हजार तिरिरहेका च्यानलले ७ लाख तिर्नुपर्ने !
प्रधानमन्त्री ओलीले सात भाषामा गरेकाे ट्वीट यस्ता छन्
प्रधानमन्त्री ओलीले सात भाषामा गरेकाे ट्वीट यस्ता छन्
यस्ता छन् माओवादी केन्द्र सचिवालय बैठकका महत्वपूर्ण निर्णयहरू
यस्ता छन् माओवादी केन्द्र सचिवालय बैठकका महत्वपूर्ण निर्णयहरू