‘नारायाणगोपाल सङ्गीत पुरस्कार’ दाहाल र निरौलालाई

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर १८, २०७६
|
|
२३ पटक हेरिएको
Shares
‘नारायाणगोपाल सङ्गीत पुरस्कार’ दाहाल र निरौलालाई

सारांश

  • राष्ट्रिय युवा सेवा कोषले यस वर्षको ‘नारायाणगोपाल युवा सङ्गीत पुरस्कार’ युवा गायक आशिष दाहाल र मीना निरौलालाई प्रदान गर्ने भएको छ ।
  • वरिष्ठ सङ्गीतकार दीपक जङ्गम संयोजकत्वको पुरस्कार छनोट समितिको सिफारिसका आधारमा सो निर्णय भएको कोषका सदस्यसचिव शङ्करप्रसाद पाण्डेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
  • सो पुरस्कारको राशि रु ५० हजार रहेको छ ।

राष्ट्रिय युवा सेवा कोषले यस वर्षको ‘नारायाणगोपाल युवा सङ्गीत पुरस्कार’ युवा गायक आशिष दाहाल र मीना निरौलालाई प्रदान गर्ने भएको छ ।

वरिष्ठ सङ्गीतकार दीपक जङ्गम संयोजकत्वको पुरस्कार छनोट समितिको सिफारिसका आधारमा सो निर्णय भएको कोषका सदस्यसचिव शङ्करप्रसाद पाण्डेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । सो पुरस्कारको राशि रु ५० हजार रहेको छ ।

यसैगरी रु ५० हजार राशिकै ‘अरनिको युवा कला पुरस्कार’ यस वर्षका लागि युवा कलाकारद्वय विजय महर्जन र सविता डङ्गोललाई प्रदान गरिने भएको छ । यो पुरस्कार चयनका लागि वरिष्ठ मूर्तिकार ठाकुरप्रसाद मैनालीको संयोजकत्वमा समिति गठन गरिएको कोषले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?