अब ब्रुनाईमा गे यौनकर्मीलाई मृत्युदण्ड नदिइने

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २३, २०७६
|
|
४६ पटक हेरिएको
Shares
अब ब्रुनाईमा गे यौनकर्मीलाई मृत्युदण्ड नदिइने

सारांश

  • बीबीसी।
  • ब्रुनाईका सुल्तान हसनल बोल्किाहले आफ्नो एउटा आदेश खारेज गर्दै देशमा समलैंगिक र विवाहेत्तर सम्बन्धका कारण कसैलाई पनि मृत्युदण्ड नदिइने बताएका छन्।
  • यही वष अप्रिलमा ब्रुखाइमा समलैंगिक र विवाह भन्दा बाहिर यौन सम्बन्ध राख्नेलाई मृत्युदण्ड दिने घोषणा गरिएको थियो, जसको संचारभर आलोचना भएको थियो।

बीबीसी। ब्रुनाईका सुल्तान हसनल बोल्किाहले आफ्नो एउटा आदेश खारेज गर्दै देशमा समलैंगिक र विवाहेत्तर सम्बन्धका कारण कसैलाई पनि मृत्युदण्ड नदिइने बताएका छन्।

यही वष अप्रिलमा ब्रुखाइमा समलैंगिक र विवाह भन्दा बाहिर यौन सम्बन्ध राख्नेलाई मृत्युदण्ड दिने घोषणा गरिएको थियो, जसको संचारभर आलोचना भएको थियो।

अप्रिलमा यो दक्षिण पूर्वी एशियाली मुलुकमा नयाँ इस्लामिक कानुनको घोषणा गरिएको थियो, जसमा समलैंगिक र विवाहेत्तर सम्बन्धकालागि मानिसलाई ढुंगाले हानेर मृत्युदण्ड दिने प्रवधान राखिएको थियो।

त्यसबाहेक नयाँ कानुन अनुसार अन्य कयौं अपराधकालागि पनि कडा सजायको प्रावधान राखिएको थियो। चेरी गर्दा गर्दै भेटिए हात काट्ने प्रावधान राखिएको थियो।नयाँ कानुन घोषणा गर्दै सुल्तान हसनलले भनेका थिए, ‘म यो देशमा इस्लामिक शिक्षा झन बलियो भएको हेर्न चाहन्छु।’

एलजीबीटीक्यूआई (लेस्बियन, गे, बाइसेक्शुअल, क्वीयर, इन्टरसेक्शुअल) समुदायकालागि काम गर्ने मानवअधिकारवादी कार्यकर्ताले ब्रुनाइको यो निर्णयको कडा निन्दा गरेका थिए।

बोर्नियो द्वीपमा अवस्थित ब्रुनाईमा सुल्तान हसनलको शासन छ र तेल र ग्यासको निर्यातले यो देश निकै सम्पन्न हुँदै गएको छ।

७२ वर्षीय सुल्तान ब्रुनाईको लगानी बोर्डको अध्यक्षपनि हुन्। लगानी बोर्डको पोर्टफोलियोमा विश्वका शीर्ष होटलमा सामेल लन्डनको डोरचेस्टर र लस एन्सल्सको बेवर्ली हिल्स होटल पनि छन्।

ब्रुनाईको सत्तारुढ शाही परिवार अकुत समम्पत्तिका मालिक हुन्। र यो देशका सबै जनसंख्यालाई सबै सरकारी सुविधा प्रदान गरिएको छ र उनीहरुले कर पनि तिर्नु पर्दैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?