साझा यातायातको टिकट अनलाइनबाटै, यसरी काट्न सकिन्छ टिकट

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २८, २०७५
|
|
३४ पटक हेरिएको
Shares
साझा यातायातको टिकट अनलाइनबाटै, यसरी काट्न सकिन्छ टिकट

सारांश

  • काठमाडौँ,२८ असाेज।
  • लामो बाटोमा जाने यात्रुले साझा यातायातको सेवाबारे सूचना पाउन र टिकट काट्न काउन्टरसम्म धाउन नपरोस् भन्ने उद्देश्यले अनलाइनबाटै टिकट काट्न सकिने व्यवस्था शुरु भएको छ।
  • अनलाइनबाट टिकट लिन साझा यातायात र बस सेवा डटकमबीच अनलाइन टिकटिङ सम्झौता भएको साझा यातायातले जनाएको छ ।

काठमाडौँ,२८ असाेज। लामो बाटोमा जाने यात्रुले साझा यातायातको सेवाबारे सूचना पाउन र टिकट काट्न काउन्टरसम्म धाउन नपरोस् भन्ने उद्देश्यले अनलाइनबाटै टिकट काट्न सकिने व्यवस्था शुरु भएको छ। अनलाइनबाट टिकट लिन साझा यातायात र बस सेवा डटकमबीच अनलाइन टिकटिङ सम्झौता भएको साझा यातायातले जनाएको छ । यात्रुहरूले अबदेखि साझा यातायात डटकम डट एनपी, बससेवा डटकम, इसेवा डटकम डट एनपीबाट सहजै टिकट काट्न सक्नेछन् । ई –सेवा ‘एकाउन्ट’ भएका यात्रुले सहजै आफ्नो मोबाइल तथा इन्टरनेटबाट टिकट काट्न सक्नेछन् भने नभएका ग्राहकले नजिकैका ई –सेवा अङ्कित साइबर कम्यूनिकेशनबाट टिकट लिन सक्नेछन् ।

यसैगरी यात्रुले अधिकांश बैंकका मोबाइल बैंकिङ तथा इन्टरनेट बैकिङ तथा अन्य विभिन्न तरिकाबाट रकम भुक्तानी गरेर पनि बस टिकट काट्न सक्नेछन् । अनलाइन टिकटिङ सम्बन्धी सम्झौतापत्रमा साझा यातायातका तर्फबाट कार्यकारी सञ्चालक भूषण तुलाधर र दियालो टेक्नोलोजी प्रालिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पिआर खनालले हस्ताक्षर गरेका छन् ।

साझा यातायातले दियालो टेक्नोलोजिजले प्रवद्र्धन गरेको बस सेवा डटकमसँगको सहकार्यमा काठमाडौं उपत्यका बाहिर सञ्चालन हुने आफ्ना सुविधा सम्पन्न डिलक्स् बसमा अनलाइनबाट टिकट काट्न सकिने छ । साझा यातायातका बस काठमाडौँदेखि रूपन्देहीको भैरहवा र बागलुङका लागि सञ्चालनमा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?