कमल थापाको प्रस्ताव; राजादेखि विप्लवसम्मलाई समेटेर सर्वपक्षीय सम्मेलन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन १८, २०७७
|
|
२४ पटक हेरिएको
Shares
कमल थापाको प्रस्ताव; राजादेखि विप्लवसम्मलाई समेटेर सर्वपक्षीय सम्मेलन

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सर्वपक्षीय सम्मेलनको प्रस्ताव गरेका छन् ।
  • उनले राजा देखि विप्लवसम्म र सबै दल र पक्षहरुको प्रतिनिधित्व हुने सर्वपक्षीय सम्मेलनको प्रस्ताव गरेका हुन् ।
  • आज सामाजिक सञ्जाल ट्वीटरमा थापाले विप्लव समूहसँग वार्ता हुनुलाई सकारात्मक भनेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सर्वपक्षीय सम्मेलनको प्रस्ताव गरेका छन् । उनले राजा देखि विप्लवसम्म र सबै दल र पक्षहरुको प्रतिनिधित्व हुने सर्वपक्षीय सम्मेलनको प्रस्ताव गरेका हुन् ।

आज सामाजिक सञ्जाल ट्वीटरमा थापाले विप्लव समूहसँग वार्ता हुनुलाई सकारात्मक भनेका छन् । उनले कसैलाई निर्षध नगरी सबै अटाउने राजनीतिक प्रणाली निर्माणमा राजा देखि विप्लवसम्मको सर्वपक्षीय सम्मेलनमा जोड दिएका हुन् ।

सरकारले विप्लवसँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा दुई सदस्यीय टोली गठन गरेलगत्तै थापाको पछिल्लो विचार सार्वजनिक भएको हो ।

उनले ट्वीटरमा लेखेका छन्ः नेकपा (माओवादी)विप्लव समुहसँग वार्ता हुनु सकारात्मक हो।यदी साच्चै देश र जनताको हितमा काम गर्ने हो भने कसैलाई निषेध नगरी सबै नेपाली अटाउने राजनीतिक प्रणाली निर्माण गर्न राजादेखि विप्लवसम्म र राष्ट्रिय राजनीतिमा क्रियाशील सबै दल र पक्षहरूको प्रतिनिधित्व हुने सर्वपक्षीय सम्मेलन गरौँ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?