६ दिने औपचारिक भ्रमणका क्रममा प्रधानसेनापति थापा भारत प्रस्थान

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २७, २०७५
|
|
३३ पटक हेरिएको
Shares
६ दिने औपचारिक भ्रमणका क्रममा प्रधानसेनापति थापा भारत प्रस्थान

सारांश

  • काठमाडौं।
  • प्रधानसेनापति पूर्णचन्द्र थापा ६ दिने भारत भ्रमणका क्रममा शुक्रबार त्यसतर्फ प्रस्थान गरेका छन्।
  • प्रधानसेनापति थापा सात सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै भारत प्रस्थान गरेका हुन्।

काठमाडौं। प्रधानसेनापति पूर्णचन्द्र थापा ६ दिने भारत भ्रमणका क्रममा शुक्रबार त्यसतर्फ प्रस्थान गरेका छन्। प्रधानसेनापति थापा सात सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै भारत प्रस्थान गरेका हुन्।

भारतीय सेनाध्यक्ष विपिन रावतको निमन्त्रणमा सेनापति थापा भारत प्रस्थान गरेको नेपाली सेनाले जनाएको छ। भारत भ्रमणका क्रममा प्रधानसेनापतिले थापाले भारतीय सेनाका समकक्षी स्थल सेनाध्यक्ष रावत, रक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार लगायत उच्चपदस्थ पदाधिकारीहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।

प्रधानसेनापति थापाको भारत भ्रमणको अवधिभर उनको अनुपस्थितिमा बलाधिकृत रथी हेमन्तराज कुँवरले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने छन्। सेनापति थापा माघ दुई गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।

प्रधानसेनापति थापालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो। उनलाई बलाधिकृत रथी हेमन्तराज कुँवरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरेका थिए। प्रधानसेनापतिको नियुक्तिपछि पहिलो पटक हुन लागेको भारत भ्रमणका क्रममा प्रधानसेनापति थापालाई शनिबार भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्हबाट सम्मान गर्ने कार्यक्रम छ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?