भिन्न चलचित्र भिन्न अवतार !

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक १२, २०७५
|
|
३६ पटक हेरिएको
Shares
भिन्न चलचित्र भिन्न अवतार !

सारांश

  • काठमाडाैँ १२ कात्तिक ।
  • टेम्पो ड्राईभरको भूमिकामा स्वस्तिमा खडकालाई अभिनय गराएर यतिखेर चलचित्र बुलबुल चर्चामा रहेको छ ।
  • एउटा गीतको काम बाँकी राखेको फिल्म युनिटले हालै मौसम खुलेपछि चारदिन लगाएर छायाँकन सम्पन्न गरेको हो ।

काठमाडाैँ १२ कात्तिक । टेम्पो ड्राईभरको भूमिकामा स्वस्तिमा खडकालाई अभिनय गराएर यतिखेर चलचित्र बुलबुल चर्चामा रहेको छ । एउटा गीतको काम बाँकी राखेको फिल्म युनिटले हालै मौसम खुलेपछि चारदिन लगाएर छायाँकन सम्पन्न गरेको हो । छायाँकन सकिए लगतै बुलबुल टोलीले खुद्राखाद्री बोलको यस गीत कार्तिक १५ गते सार्वजनिक गरिने बताएको छ ।

चलचित्रका निर्देशक विनोद पोडेलले पटकपटक बुलबुल चलचित्र मार्फत स्वस्तिमा खडकाको अभिनयमा नयाँ अवतार देखिने र थप केही सशक्त नयाँ कलाकार चलचित्र उद्योगले पाउने दावी गर्दै आएका छन् । नायिका स्वस्तिमा खडकाले स्वयंले पनि यो चलचित्र आफनो करियरकै कोशेढुंगा हुनेमा ठुलो आशा राखेको बताएकी छिन् ।

चलचित्रमा स्वस्तिमा खडकाका अलावा नवनायक मुकुन भुसाल ,बुद्धि तामाङ्ग ,दिपक क्षेत्री ,लक्ष्मी बर्देवा, जोयश पाण्डे,उज्जल अधिकारी ,सृष्टि भट्टराई आदिको अभिनय रहेको छ । चलचित्रमा अविरल थापा लगायतको लगानी रहेको छ भने यसका कार्यकारी निर्माता रामराजा दाहाल हुन् । चलचित्रको छायाँकन सुसन प्रजापतिले गरेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?