प्रचण्ड चितवन रहेकै बेला देउवा पुगे सिठ्ठी फुक्न

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ११, २०७४
|
|
४७ पटक हेरिएको
Shares

सारांश

  • चितवन, १० पुस ।
  • चितवनको पर्यटकीय नगरी सौराहामा जिल्लाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रत्येक वर्ष आयोजना गरिँदै आएको चितवन हात्ती महोत्सवको १४ औं संस्करण मंगलवार आजबाट शुरु हुँदैछ ।
  • आजदेखि १५ गते सम्म चितवनको सौराहामा आयोजना हुने लागेको हात्ती महोत्सवमा प्रधानमन्त्री शेरबहादुर देउवा पुगेका छन् ।

चितवन, १० पुस । चितवनको पर्यटकीय नगरी सौराहामा जिल्लाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रत्येक वर्ष आयोजना गरिँदै आएको चितवन हात्ती महोत्सवको १४ औं संस्करण मंगलवार आजबाट शुरु हुँदैछ ।

आजदेखि १५ गते सम्म चितवनको सौराहामा आयोजना हुने लागेको हात्ती महोत्सवमा प्रधानमन्त्री शेरबहादुर देउवा पुगेका छन् । बाजागाजासहित स्थानिय भेषभुषासहितको एक बढि संघसंस्था सहभागी ¥यालीले सौराहा बजार परिक्रममा गरि कार्यक्रममा प्रधानमन्त्री देउवाले सिठी फुकेर उद्घाटन गर्ने कार्यक्रम तय छ ।

प्रतियोगिता स्थलमा पर्यटकहरुको सुविधाका लागि शुल्कसहितको मिनि स्टेडियम समेत निर्माण भएको छ ।

यसैगरी हात्ती वनभोज कार्यक्रममा १ सय बढी हात्ती सहभागी हुने र उनीहरुलाई रुचि अनुसारको सक्कर, धान, केरा, काउली, बन्दा, उखु स्याउ, गाजर, सुन्तला लगायतका अन्य परिकारहरु खवाईने तयारी भएको हात्ती वनभोज कार्यक्रमका संयोजक भेषराज दुवाडीले जानकारी गराए ।

बाघमारा मध्यवर्ती सामुदायिक वनको खुल्ला चौरमा हुने महोत्सवमा हात्तीवाकमा २० वटा, गतबर्षबाट थप गरेको हात्ती पोलोमा ४ वटा, हात्ती फुटबलमा ४, हात्ती श्रृगारमा ५ वटा, र हात्ती वनभोजमा १ वटा हात्ती सहभागी हात्ती व्यवस्थापन समितिका संयोजक सुमन घिमिरेले जानकारी दिए ।

साथै यस बर्षदेखि जनावरमैत्री हात्ती महोत्सवमा हात्तीको संरक्षणलाई थप उजागर गर्न हात्ती बार्थिगं प्रतियोगिता थप गरेको संघका सचिव दामोदर रेग्मीले बताए । यस प्रतियोगितामा ५ वटा हात्ती थप हुने उनले बताए ।

महोत्सवमा ६० वटा व्यावसायिक र संरणमूलक स्टल राखिएको र प्रतियोगिता सम्पन्न गर्नका लागि ४० लाख खर्च लाग्ने अनुमान आयोजकले लिएको क्षेत्रिय होटल संघका सह कोषाध्यक्ष एवं आर्थिक समिति संयोजक गंगा गिरीले जानकारी दिए । प्रतियोगिताको आन्तरिक र बाह्य गरी करिब १ लाख ५० हजार बढि पर्यटकले अवलोकन गर्ने एवम् दुई करोड रुपैया भन्दा बढीको आथिर्क कारोबार हुने आयोजकको अपेक्षा छ । यो बर्ष प्रतियोगिता अवधिमा विदा समेत परेकोले गत बर्ष भन्दा २० प्रतिशतले आन्तिरक पर्यटकहरुको वृद्धि हुने घिमिरेले बताए ।

(ujackets.com)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Krishna Thakuri

    सेरेलाई अब सिठी फुक्नु नै सुहाउछ

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसईई दिन अब १४ वर्ष पुग्नु पर्दैन
बाजुरा काँग्रेसबाट ४२ जनाको दाबी
बाजुरा काँग्रेसबाट ४२ जनाको दाबी
डा. गोविन्द केसीको स्वास्थ्य गम्भीर बन्दै गए पनि,सरकारको आनाकानी,
डा. गोविन्द केसीको स्वास्थ्य गम्भीर बन्दै गए पनि,सरकारको आनाकानी,
प्रधानमन्त्रीको निर्देशन लत्याउँदै विदेश जाने कर्मचारीहरु यी हुन…
प्रधानमन्त्रीको निर्देशन लत्याउँदै विदेश जाने कर्मचारीहरु यी हुन…
रुविभ्यालीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्छ : अध्यक्ष ओली
रुविभ्यालीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्छ : अध्यक्ष ओली
तत्काल वाम एकता सम्भव छैन : अध्यक्ष नेपाल
मेलम्ची आयोजनालाई लिएर मेरो चरित्र हत्या गर्न खोजियो : खानेपानी मन्त्री
मेलम्ची आयोजनालाई लिएर मेरो चरित्र हत्या गर्न खोजियो : खानेपानी मन्त्री
कोरोना कहर : विश्वव्यापीरुपमा विप्रेषण आप्रवाह २० प्रतिशतले घट्ने
कोरोना कहर : विश्वव्यापीरुपमा विप्रेषण आप्रवाह २० प्रतिशतले घट्ने
धान रोपाइँका लागि रासायनिक मल आपूर्ति तीव्र, हजारौँ मेट्रिक टन डीएपी र युरिया नेपाल भित्रिँदै
धान रोपाइँका लागि रासायनिक मल आपूर्ति तीव्र, हजारौँ मेट्रिक टन डीएपी र युरिया नेपाल भित्रिँदै
कोरोना भाइरस छल्न थाइल्याण्डका राजा २० युवतीसहित जर्मनीको रिसोर्टमा
कोरोना भाइरस छल्न थाइल्याण्डका राजा २० युवतीसहित जर्मनीको रिसोर्टमा