कम्पनी छाडेका ८ नेपाली चोरी आरोपमा साउदीको जेलमा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख १२, २०७६
|
|
२४ पटक हेरिएको
Shares
कम्पनी छाडेका ८ नेपाली चोरी आरोपमा साउदीको जेलमा

सारांश

  • काठमाडौं १२ बैशाख ।
  • वैदेशिक रोजगारीका सिलसिलामा एउटै म्यानपावरबाट साउदी अरब पुगेका आठजना नेपाली साउदी जेलमा कष्टकर जीवन बिताउन बाध्य भएका छन् ।
  • चक्रपथमा रहेको अल खालिज म्यानपावरबाट आठजना साउदी पुगेका थिए ।

काठमाडौं १२ बैशाख । वैदेशिक रोजगारीका सिलसिलामा एउटै म्यानपावरबाट साउदी अरब पुगेका आठजना नेपाली साउदी जेलमा कष्टकर जीवन बिताउन बाध्य भएका छन् ।

चक्रपथमा रहेको अल खालिज म्यानपावरबाट आठजना साउदी पुगेका थिए । उनीहरुले सम्झौताअनुसार पारिश्रमिक र खानाबस्न नपाएपछि कम्पनी छोडेका थिए ।

यसरी जेल पर्नेमा रामबिहारी महतो, युवराज खत्री, लालबहादुर श्रेष्ठ, प्रेमबहादुर तामाङ, विकास राई, कर्णबहादुर स्याङतान, अम्बरबहादुर लामा, भूपनारायण राजवंशी छन् ।

कम्पनी छाडेपछि उनीहरुलाई चोरी मुद्दाको आरोपमा जेल पठाएको महतोका भाइ खुशीलालले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?