भारतसँग युद्ध हुन सक्ने इमरान खानको चेतावनी

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २९, २०७६
|
|
१९ पटक हेरिएको
Shares
भारतसँग युद्ध हुन सक्ने इमरान खानको चेतावनी

सारांश

  • बीबीसी।
  • इमरान खान पाकिस्तानको प्रधानमन्त्री बनेपछि कयौं समस्यासँग जुधिरहेका छन्।
  • आर्थिक रुपमा पाकिस्तान झण्डै टाट पल्टिएको थियो।

बीबीसी। इमरान खान पाकिस्तानको प्रधानमन्त्री बनेपछि कयौं समस्यासँग जुधिरहेका छन्। आर्थिक रुपमा पाकिस्तान झण्डै टाट पल्टिएको थियो। अहिले पनि पाकिस्तानमाथिको संटकको बादल पूरै हटिसकेको छैन। पहिल्लोसमयमा कश्मिर विवादलाई लिएर भारतसँगको विवाद उत्कर्षमा पुगेको छ। दुवै मुलुकभित्र कश्मिर समस्यालाई लिएर राजनीतिक सरगर्मी बढेको छ।

भारतले जम्मू–कश्मिरलाई लिएको विशेष राज्यको मान्यता खारेज गरेपछि पाकिस्तानले यो विषयलाई अन्तर्राष्ट्रियकरण गर्न खोज्यो। तर त्यसमा सफल भएको छैन। इमरान खानलाई पाकिस्तानमा उनका विरोधी यू–टर्न प्रधानमन्त्री भन्छन्। इमरान खानले नयाँ पाकिस्तान बनाउने प्रतिवद्धता जनाएका थिए। तर अहिलेसम्म देखिने गरी कुनै परिवर्तन भएको देखिँदैन।

इमरान खानले अल जजीरालाई दिएको एक अन्तर्वातामा भारतसँग कश्मिरमा युद्ध हुने सक्ने बताएका छन्। के दुवै परमाणु शक्ति सम्पन्न मुलुकबीच कुनै ठूलो युद्धको खतरा छ ?
यो प्रश्नको जवाफमा इमरान खानले भनेका छन्–अवश्य, दुवै देशबीच युद्धको खतरा छ।’
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतसँग युद्ध संभव रहेको बताए।

आफ्ना छिमेकी मुलुक चीनसँग पाकिस्तानको राम्रो सम्बन्ध छ। तर भारतसँग पाकिस्तानको सम्बन्ध राम्रो छैन। इमरान खानले कश्मिर समस्यालाई लिएर यो अन्तर्वातामा भनेका छन्–कश्मिरमा ८० लाख मुस्लिम विगत ६ हप्तादेखि कैदी बनेका छन्। भारत पाकिस्तानमाथि आतंकवाद फैलाएको आरोप लगाएर विश्वको ध्यान यो मुद्दाबाट अन्त मोड्ने कोशिश गरिरहेको छ।

पाकिस्तान कहिल्यै युद्धको सुरुवात गर्दैन। यसलाई लिएर म स्पष्ट छु। म युद्ध विरोधी मानिस हो। मलाइ के लाग्छ भने युद्ध कुनै पनि समस्याको समाधान होइन।’ इमरान खानले अगाडि भने–जब दुई परमाणु शक्ति सम्पन्न मुलुक आपसमा संघर्ष गर्छन भने त्यसको नतिजाको कल्पना गर्न सकिँदैन। यही कारण हामीले संयुक्त राष्ट्रसंघलाई सम्पर्क गर्यौं।

हामी विश्वका ठूला मञ्चमा यो मुद्दा उठाइरहेका छौं। हामी यसको राजनीतिक समाधान चाहन्छौं। यदि परिस्थिति युद्धतर्फ अगाडि बढ्यो भने भारतीय उपमहाद्वीपसम्म सीमित रहँदैन। यो भन्दा अगाडि जान्छ र पूरै विश्वलाई नै प्रभावित बनाउँछ।’

उनले अगाडि भने–हामीले भारतसँग संवाद गर्ने कोशिश गर्यौं। तर, तर भारतले हामीलाई फाइनान्शियल एक्शन टास्क फोर्सको कालोसूचिमा राख्ने कोशिश गर्यो। यदि पाकिस्तान कालोसूचिमा परेको भए हामीमाथि कयौं प्रतिबन्ध लाथ्यो। भारत हामीलाई असक्षम घोषित गर्न चाहन्छ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?