प्रतिनिधि बन्न सकिनन् देवयानी राणा

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २६, २०७३
|
|
२५५ पटक हेरिएको
Shares
प्रतिनिधि बन्न सकिनन् देवयानी राणा

सारांश

  •  राप्रपा निवर्तमान अध्यक्ष पशुपतिशमशेर राणाकी छोरी देवयानी राणा दोलखाबाट प्रतिनिधि नहुने भएकी छन् ।
  • पार्टीको विधानमा महाधिवेशन प्रतिनिधि हुन उम्मेदवार नै उपस्थित हुनुपर्ने भएपछि राणालाई प्रतिनिधि बनाउन नसकिएको राप्रपा दोलखा क्षेत्र नम्बर २ का अध्यक्ष विजय खड्काले बताए ।
  •  आजको नयाँ पत्रिकामा खबर छ ।

 राप्रपा निवर्तमान अध्यक्ष पशुपतिशमशेर राणाकी छोरी देवयानी राणा दोलखाबाट प्रतिनिधि नहुने भएकी छन् । पार्टीको विधानमा महाधिवेशन प्रतिनिधि हुन उम्मेदवार नै उपस्थित हुनुपर्ने भएपछि राणालाई प्रतिनिधि बनाउन नसकिएको राप्रपा दोलखा क्षेत्र नम्बर २ का अध्यक्ष विजय खड्काले बताए । आजको नयाँ पत्रिकामा खबर छ ।

खड्काका अनुसार महाधिवेशन प्रतिनिधि बन्न गाविसबाट क्षेत्रीय प्रतिनिधि भई क्षेत्रीय कार्यसमिति वा जिल्ला कार्यसमिति सदस्य हुनुपर्ने प्रावधान छ । उनले भने, ‘उहाँ दुईवटै अधिवेशनमा अनुपस्थित भएकाले प्रतिनिधि बनाउन सकिएन ।’ दोलखाको शैलुंगेश्वरबाट जिल्ला अधिवेशन प्रतिनिधिका रूपमा देवयानी छनोट भएकी थिइन् ।

राप्रपाको गाउँ अधिवेशनमा समेत उपस्थित नभएकी राणालाई शैलुंगेश्वर गाउँ कार्यसमितिले क्षेत्रीय प्रतिनिधिमा मनोनीत गरेको थियो । राप्रपाका जिल्ला अध्यक्ष खड्काका अनुसार देवयानीलाई जिल्ला भित्राउन इच्छुक भए पनि उनी उपस्थित नभएकै कारण प्रतिनिधि बनाउन नसकिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?