करबाट बूढीगण्डकीलाई मासिक ७० देखि ८० करोड

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ५, २०७४
|
|
२८ पटक हेरिएको
Shares
करबाट बूढीगण्डकीलाई मासिक ७० देखि ८० करोड

सारांश

  • काठमाडौं, माघ ५ ।
  • इन्धनमा लगाएको करबाट बूढीगण्डकी जलविद्युत आयोजनालाई १५ अर्ब रुपैयाँभन्दा बढी संकलन भएको छ।
  • बूढीगण्डकी आयोजना बनाउन भन्दै सरकारले २०७२/०७३ बाट इन्धनमा कर लगाएको थियो ।

काठमाडौं, माघ ५ । इन्धनमा लगाएको करबाट बूढीगण्डकी जलविद्युत आयोजनालाई १५ अर्ब रुपैयाँभन्दा बढी संकलन भएको छ। बूढीगण्डकी आयोजना बनाउन भन्दै सरकारले २०७२/०७३ बाट इन्धनमा कर लगाएको थियो ।

अाजकाे नयाँ पत्रिका दैनिकमा खवर छ । त्यसयता १५ अर्ब १२ करोड रुपैयाँ संकलन भएको आयल निगमले जनाएको छ । निगमका निमित्त कार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार आर्थिक वर्ष २०७२/०७३ मा १ अर्ब १६ करोड, २०७३/०७४ मा ९ अर्ब ४३ करोड रुपैयाँ संकलन भएको थियो । २०७४/०७५ को पुस १५ सम्ममा ४ अर्ब ५३ करोड रुपैयाँ संकलन भएको उनले बताए ।

हाल आयात गरिएको इन्धनमा भन्सार बिन्दुमै पूर्वाधार कर (बूढीगण्डकी जलविद्युत आयोजनाका लागि) लाग्छ । सोही अनुसार उक्त रकम सरकारी ढुकुटीमा संकलन भएको छ । निगमले पेट्रोल, टिजेल र हवाई इन्धन(आन्तरिक र अन्तराष्ट्रिय)मा प्रतिलिटर ५ रुपैयाँको दरले पूर्वाधार कर लगाउँछ । मटितेल र एलपी ग्यासमा भने शुल्क उठाउँदैन ।

तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले उपभोक्तालाई अतिरिक्त भार नपर्ने गरी भन्सार बिन्दुमै प्रतिलिटर ५ रुपैयाँका दरले पूर्वाधार कर लगाउने निर्णय गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?