भारतमा भेटिएका रेशम चौधरीले भने : अब चाँडै स्वदेश फर्किन्छु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर २६, २०७४
|
|
३२ पटक हेरिएको
Shares
भारतमा भेटिएका रेशम चौधरीले भने : अब चाँडै स्वदेश फर्किन्छु

सारांश

  • टीकापुर काण्डका प्रमुख अभियुक्त आरोपित रेशमलाल चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा भारी मत अन्तरले विजयी भएका छन् ।
  • वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमाले नेतृ मदनकुमारी शाहलाई २० हजार ९ सय ३५ मत अन्तरले हराउँदै चौधरी विजयी भएका हुन् ।
  • राष्ट्रिय जनता पार्टी (राजपा)को तर्फबाट उम्मेदवार बनेका चौधरीले ३४ हजार ३ सय ४१ मत ल्याएका छन् भने उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी मदनकुमारीले १३ हजार ४ सय ६ मत मात्र पाएकी छिन् ।

टीकापुर काण्डका प्रमुख अभियुक्त आरोपित रेशमलाल चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा भारी मत अन्तरले विजयी भएका छन् । वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमाले नेतृ मदनकुमारी शाहलाई २० हजार ९ सय ३५ मत अन्तरले हराउँदै चौधरी विजयी भएका हुन् ।

राष्ट्रिय जनता पार्टी (राजपा)को तर्फबाट उम्मेदवार बनेका चौधरीले ३४ हजार ३ सय ४१ मत ल्याएका छन् भने उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी मदनकुमारीले १३ हजार ४ सय ६ मत मात्र पाएकी छिन् । त्यस्तै तेस्रो नम्बरमा कांग्रेसकी ईश्वरी न्यौपानेले ११ हजार २ सय ३ मत प्राप्त गरेकी छिन् ।

निर्वाचन कार्यालयले चौधरीलाई विजयी घोषणा गरेलगत्तै भारतको एक अज्ञात स्थलमा अन्नपूर्णसँग कुरा गर्दै चौधरीले वारेसमार्फत् विजयी प्रमाणपत्र दिलाई दिन मिडियाले सहयोग गर्नुपर्ने बताए ।

‘मलाई जनताले निर्दोष प्रमाणित गरिदिएका छन् । मेरो उम्मेदवारी वारेसमार्फत् नै दर्ता भएको थियो’, चौधरीले भने, ‘अब विजयी प्रमाणपत्र पनि वारेसमार्फत् नै दिलाइदिन मिडियाकर्मी साथीलाई आग्रह गर्दछु ।’ यद्यपी निर्वाचन कार्यालयले चौधरीलाई प्रमाणपत्र दिने विषयमा कुनै निर्णय गरिसकेको छैन ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेको अवस्थामा अब आफू चाँडै स्वदेश फर्किने चौधरीले बताए । ‘म अब छिट्टै स्वदेश फर्किन्छु । म दोषी छैन । दोषी भए किन यत्ति धेरै मतले विजयी भए ?’, चौधरीले प्रश्न गर्दै भने, ‘टीकापुर घटनाको दोषीमाथि कारबाही हुनुपर्छ । निर्दोष जेलमा परेकालाई छोड्नुपर्छ ।’

उनले आफूलाई थारुको मात्र मत नआएको समेत प्रष्ट पारे । ‘मलाई पहिचानवादी भन्छन् । हो पहिचानवादी अन्दोलन आवश्य छ । तर, यसो भन्दैमा मलाई थारुले मात्र भोट हालेका छैनन् । पहाडी समुदायले पनि भोट हालेका छन् । त्यसैले त विजयी भएको छु ।’

मतदाताले क्षेत्र नम्बर १ को विकासको आशासहित आफूलाई मत दिएको उनको भनाइ छ । चौधरीले चुनाव प्रचारमा आफू सहभागी हुन नसक्दा मोबाइलमा भाषण रेकर्ड गर्दै म्यासेन्जरमा श्रीमतीलाई पठाएर त्यो भाषण मतदातालाई देखाएको समेत खुलासा गरे । मत माग्ने भूमिगत शैलीबारे चौधरीले भने, ‘म चुनाव प्रचारप्रसारमा गइनँ । मोबाइलमा रेकर्ड गरेर भाषण श्रीमती रञ्जिताको म्यासेन्जरमा पठाउथेँ । उनले मतदातालाई देखाउथिन् ।’

भारी मत अन्तरले विजयी चौधरी २०७२ भदौ ७ गते  टीकापुरको चिलम चौराहामा दुईबर्से बालक र आठ सुरक्षाकर्मीको ज्यान जाने गरी भएको घटनामा मुछिएका ‘कर्तव्य ज्यान’ मुद्दाका मुख्य अभियुक्त हुन् । टीकापुर नरसंहारको घटनापछि चौधरी भारतमै लुकेर बसेका छन्  ।अन्नपूर्ण पोस्ट बाट

(softlay.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राडीपाखी गाउँमा बिक्री हुन छाडे
राडीपाखी गाउँमा बिक्री हुन छाडे
सरकारद्वारा आतंकवादी हमलाको निन्दा, इजरायलमा रहेका नेपालीलाई सतर्क रहन अनुरोध
सरकारद्वारा आतंकवादी हमलाको निन्दा, इजरायलमा रहेका नेपालीलाई सतर्क रहन अनुरोध
अस्पतालबाट निस्कँदा भावुक भएर डा. केसीले भने, जहाँ गए नि सत्याग्र्रह जारी रहन्छ
अस्पतालबाट निस्कँदा भावुक भएर डा. केसीले भने, जहाँ गए नि सत्याग्र्रह जारी रहन्छ
म्यूजिक खबरको पहिलो वार्षिकोत्सव: बस्नेत र शाहलाई म्यूजिक खबर स्रष्टा सम्मान, शिवाकोटी र घर्ती वर्षका चर्चित
म्यूजिक खबरको पहिलो वार्षिकोत्सव: बस्नेत र शाहलाई म्यूजिक खबर स्रष्टा सम्मान, शिवाकोटी र घर्ती वर्षका चर्चित
स्थानीयले आत्मालोचना गरेपछि चितवनमा रंगशालाको विवाद मिल्यो
स्थानीयले आत्मालोचना गरेपछि चितवनमा रंगशालाको विवाद मिल्यो
आफू सहभागी हुने कार्यक्रमका लागि सार्वजनिक बिदा नदिन प्रधानमन्त्रीको निर्देशन
आफू सहभागी हुने कार्यक्रमका लागि सार्वजनिक बिदा नदिन प्रधानमन्त्रीको निर्देशन
पोखरा दुर्घटना अपडेटः ६६ जनाको शव फेला, संकलित शव आफन्तलाई बुझाउने तयारी
पोखरा दुर्घटना अपडेटः ६६ जनाको शव फेला, संकलित शव आफन्तलाई बुझाउने तयारी
जाजरकोटमा वागी उम्मेद्वारले लिए नाम फिर्ता, पूर्वगृहमन्त्री बस्नेतलाई राहत
जाजरकोटमा वागी उम्मेद्वारले लिए नाम फिर्ता, पूर्वगृहमन्त्री बस्नेतलाई राहत
भरतपुर मतगणना प्रकरणका विषयमा प्रमुख निर्वाचन आयुक्तले मुख खोले !
भरतपुर मतगणना प्रकरणका विषयमा प्रमुख निर्वाचन आयुक्तले मुख खोले !
किच्कन्या के हो
किच्कन्या के हो

तपाईंले छुटाउनुभयो कि?