प्याजको भाउ ह्वात्तै घट्यो तर कसरी ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २०, २०७६
|
|
३४ पटक हेरिएको
Shares
प्याजको भाउ ह्वात्तै घट्यो तर कसरी ?

सारांश

  • दिनप्रतिदिन आकाशिंदै गएको प्याजको मूल्य ओरालो लाग्न थालेको छ ।
  • भारतबाट निर्यात बन्द भएसंगै आकाशिएको प्याजको मूल्य चीनबाट आउन थालेपछि सस्तो हुँदै गएको हो ।
  • प्रतिकिलो २ सय ५० रुपैयाँको हाराहारीमा रहेको प्याजको मूल्य अहिले १५० मा झरेको छ ।

दिनप्रतिदिन आकाशिंदै गएको प्याजको मूल्य ओरालो लाग्न थालेको छ । भारतबाट निर्यात बन्द भएसंगै आकाशिएको प्याजको मूल्य चीनबाट आउन थालेपछि सस्तो हुँदै गएको हो ।

प्रतिकिलो २ सय ५० रुपैयाँको हाराहारीमा रहेको प्याजको मूल्य अहिले १५० मा झरेको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिका अनुसार सुकेको प्याजको थोक मूल्य १ सय ५० रुपैयाँ रहेको छ ।

भारतले प्याज निर्यातमा रोक लगाएपछि नेपाली बजारमा अभाव हुन थालेको प्याजको खुद्रा मूल्य गत आइतबार २ सय थियो भने सोमबार १९० रुपैयाँ कामय भएको थियो । १ सय ८० सम्म झरेको कालिमाटी फलफुल तथा तरकारी बजारले जनाएको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?