४४ हजार भूकम्पपीडित अझै बाँकी
सारांश
- मकवानपुर – भूकम्पबाट देशमै सबैभन्दा बढी प्रभावित प्रदेश नम्बर ३ का १३ जिल्लाका ५ लाख ९३ हजार ५ सय १६ मध्ये ३ लाख ६४ हजार ४ सय ७६ लाभग्राहीले मात्र आवास निर्माण सुरु गरेका छन्।
- जुन प्रदेशको कूल लाभग्राहीमध्ये ६१ दशमलव ४० प्रतिशत मात्र हो।
- अनुदान सम्झौता गरेका ५ लाख ४९ हजार ४ सय ९७ मध्ये पनि ३३ दशमलव ६७ प्रतिशत अर्थात् १ लाख ८५ हजार २१ लाभग्राहीले आवास निर्माण सुरु नै गरेका छैनन्।
मकवानपुर – भूकम्पबाट देशमै सबैभन्दा बढी प्रभावित प्रदेश नम्बर ३ का १३ जिल्लाका ५ लाख ९३ हजार ५ सय १६ मध्ये ३ लाख ६४ हजार ४ सय ७६ लाभग्राहीले मात्र आवास निर्माण सुरु गरेका छन्।
जुन प्रदेशको कूल लाभग्राहीमध्ये ६१ दशमलव ४० प्रतिशत मात्र हो। अनुदान सम्झौता गरेका ५ लाख ४९ हजार ४ सय ९७ मध्ये पनि ३३ दशमलव ६७ प्रतिशत अर्थात् १ लाख ८५ हजार २१ लाभग्राहीले आवास निर्माण सुरु नै गरेका छैनन्।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका उपसचिव मनोहर घिमिरेले आवास पुनर्निर्माण अनुदान पाउन योग्य देशभरका ७ लाख ६७ हजार ७ सय ५ मध्ये प्रदेश ३ को १३ जिल्लाका ५ लाख ९३ हजार ५ सय १६ अर्थात् ७७ प्रतिशत रहेको बताए।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको वैशाख १२ गतेसम्मको तथ्यांकअनुसार ५ लाख ३८ हजार १ सय ९७ लाभग्राहीले पहिलो किस्ता रकम लिए पनि ११ हजार ३ सय जनाले अझै लिएका छैनन्।
सबैभन्दा बढी भूकम्पपीडित भएका सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र नुवाकोटका सबैले पहिलो किस्ता लिए पनि दोलखा, मकवानपुर, चितवनका धेरै लाभग्राहीले लिएकै छैनन्।
आजको नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया