टोलैभर बिहे रोकियो

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १२, २०७३
|
|
५३६ पटक हेरिएको
Shares
टोलैभर बिहे रोकियो

सारांश

  • बभनगामाकटी गाविस–३ तोपाका केही युवायुवतीको बिहेको कुरा छिनिएको निकै भइसक्यो।
  • तीमध्ये दुईजनाको त मंसिरमै बिहे भइसक्नुपर्ने थियो।
  • तर माघ दोस्रो साता लागिसके पनि त्यसको कुनै सुरसार छैन।

बभनगामाकटी गाविस–३ तोपाका केही युवायुवतीको बिहेको कुरा छिनिएको निकै भइसक्यो। तीमध्ये दुईजनाको त मंसिरमै बिहे भइसक्नुपर्ने थियो। तर माघ दोस्रो साता लागिसके पनि त्यसको कुनै सुरसार छैन। कारण– रोजगारीका लागि विदेशिएका गाउँका एक युवाको उतै मृत्यु भए पनि अन्त्येष्टिका लागि शव ल्याउन नसक्दा सगोत्रीभित्र पर्ने ६० घरमा दुई महिनादेखि धार्मिक–सांस्कृतिक कार्य हुन पाएको छैन। बेचन मण्डलका छोरा बहादुरको दुई महिनाअघि साउदी अरबमा मृत्यु भए पनि परिवारले उनको शव ल्याउन नसकेको हो। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।

बहादुरको सद्गत हुन नसक्दा टोलैभरिका अधिकांश पुरुषले २ महिनायता कपालदाह्री काटेका छैनन्। दियादी (सगोत्री) भित्र कसैको मृत्यु हुँदा विधिपूर्वक किरियाकर्म नभएसम्म धार्मिक–सांस्कृतिक कार्य नगर्ने प्रचलन छ। यस्तो बेला माछामासु नखाने र कपालदाह्रीसमेत नकटाउने परम्परा भएकाले अहिले टोलैभरिका पुरुष जोगीजस्तै देखिएको स्थानीय सीताराम मण्डलले बताए। ‘बहादुरको शवको सद्गत हुन नसक्दा टोलका सबै ६० घरमै धार्मिक काम रोकिएको हो,’ कुरो छिनिइसके पनि आफ्नी छोरीको बिहे गर्न नपाएका शिवकुमार मण्डलले भने, ‘धार्मिक र सामाजिक परम्परा मान्नै पर्‍यो। सद्गत नहुँदासम्म कसरी छोरीको बिहे गर्नु ?’ उनका अनुसार ६ युवायुवतीको कुरा छिनिए पनि बिहे रोकिएको छ।

परिवारले बहादुरको शव ल्याउने प्रयास नगरेको होइन। ‘पाँच पटक परराष्ट्र मन्त्रालय धायौं,’ बेचनले भने, ‘निवेदन दिएको पनि धेरै समय भयो तर छोराको शव कहिले आउँछ भनेर कसैले केही भन्दैनन्।’ रोजगारीमा पठाउने काममा संलग्न म्यानपावर कम्पनीले पनि आश्वासन मात्रै दिएको उनले बताए। ‘एक पटक २ जना काठमाडौं जाँदा कम्तीमा १० हजार रुपैयाँजति खर्च हुन्छ,’ बेचनले भने, ‘शव ल्याउने पहलका लागि काठमाडांै जाँदा र मान्छे पठाउँदा ५० हजार रुपैयाँभन्दा बढी खर्च भइसक्यो। तर शव आउनेबारे टुंगो हुन सकेको छैन।’ वैदेशिक रोजगारीबारे कार्यरत सबल नेपालका कार्यक्रम अधिकृत चन्दन यादवका अनुसार २००८ यता सप्तरीबाट वैदेशिक रोजगारीमा गएकामध्ये १ सय ६ जनाको मृत्यु भएको छ। सन् २०१६ मा मात्रै ९ जना र २०१७ लागेयता २ जनाको मृत्यु भएको छ। तीमध्ये साउदी अरबबाट २ जना र जोर्डनबाट एक जनाको शव आउन बाँकी रहेको उनले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालको विकासका लागि युएई सहयोग गर्न इच्छुक: राजदुत सइद
नेपालको विकासका लागि युएई सहयोग गर्न इच्छुक: राजदुत सइद
त्रिविमा गैर राजनीतिक नेतृत्त्व माग गर्दै सडकमा बहस
त्रिविमा गैर राजनीतिक नेतृत्त्व माग गर्दै सडकमा बहस
एसिया कप क्रिकेटः सेमिफाइनल समिकरण पुरा, अफगानिस्तादेखि सबै त्रस्त !
एसिया कप क्रिकेटः सेमिफाइनल समिकरण पुरा, अफगानिस्तादेखि सबै त्रस्त !
प्रस्तावित न्यायाधीशबारे केही उजुरी, गुनासा छन् भने आह्वान भयो
प्रस्तावित न्यायाधीशबारे केही उजुरी, गुनासा छन् भने आह्वान भयो
हेर्नुस् गेष्टहाउसबाट कसरी पुग्छन् नेपाली किशोरी भारत! ५० हजारसम्ममा बेचिन्छन्
हेर्नुस् गेष्टहाउसबाट कसरी पुग्छन् नेपाली किशोरी भारत! ५० हजारसम्ममा बेचिन्छन्
बीपी राजमार्गमा आजबाट सवारी आवागमन खुल्ला
बीपी राजमार्गमा आजबाट सवारी आवागमन खुल्ला
निर्मला पन्तको बलात्कारपछि हत्याको घटना छानविन गर्न उच्चस्तरीय छानविन समिति
निर्मला पन्तको बलात्कारपछि हत्याको घटना छानविन गर्न उच्चस्तरीय छानविन समिति
Mithun Chakraborty’s son Mahaakshay gets married to Madalsa Sharma, see pics
Mithun Chakraborty’s son Mahaakshay gets married to Madalsa Sharma, see pics
यि हुन कर्णाली प्रदेश सरकारकाे मन्त्रीपरिषद वैठकले गरेका निर्णयहरु
यि हुन कर्णाली प्रदेश सरकारकाे मन्त्रीपरिषद वैठकले गरेका निर्णयहरु
पार्टी एकताबाट पछाडि फर्किने पुल भत्काइसकेका छौं : प्रचण्ड
पार्टी एकताबाट पछाडि फर्किने पुल भत्काइसकेका छौं : प्रचण्ड