कराँचीमा दुई जना आतङ्ककारी मारिए, दुई जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन २९, २०७९
|
|
२४ पटक हेरिएको
Shares
कराँचीमा दुई जना आतङ्ककारी मारिए, दुई जना पक्राउ

सारांश

  • इस्लामावाद ।
  • पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा आतङ्कवाद विरोधी कारबाहीमा दुई आतङ्ककारी मारिएका छन् भने दुई जनालाई पक्राउ परेका छन् ।
  • सिन्ध प्रान्तको सीटीडीले जनाएअनुसार प्रहरीले सोमबार बिहान शहरको मङ्गोपीर क्षेत्रको उत्तरी बाईपास नजिकै अपरेशन गरेको थियो ।

इस्लामावाद । पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा आतङ्कवाद विरोधी कारबाहीमा दुई आतङ्ककारी मारिएका छन् भने दुई जनालाई पक्राउ परेका छन् ।

सिन्ध प्रान्तको सीटीडीले जनाएअनुसार प्रहरीले सोमबार बिहान शहरको मङ्गोपीर क्षेत्रको उत्तरी बाईपास नजिकै अपरेशन गरेको थियो । दुवै मृतकको पहिचान भइसकेको छ । उनीहरूमध्ये एक प्रतिबन्धित तेहरिक–ए–तालिबान पाकिस्तान (टीटीपी) का स्थानीय कमाण्डर रहेको बुझिएको छ ।

यसै गरी मारिएका अर्का व्यक्ति गत महिना कराँचीस्थित प्रहरी भवनमा भएको आक्रमणको मास्टरमाइन्ड रहेको बुझिएको छ जुन घटनामा तीन सुरक्षाकर्मी र एक नागरिक सहित चार व्यक्तिले ज्यान गुमाएका थिए भने अन्य १९ जना घाइते भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?