तीन लाख घुससहित असई परे अख्तियारको फन्दामा

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ ८, २०७४
|
|
२० पटक हेरिएको
Shares
तीन लाख घुससहित असई परे अख्तियारको फन्दामा

सारांश

  • काठमाडौं, माघ ८ ।
  •  जनतालाई सुरक्षा दिने काम प्रहरीको हो ।
  • सुरक्षाको प्रत्याभुती दिने प्रहरीनै आपराधिक कार्यमा लागेपछि कसको के नै लाग्दो रहेछ र ?

काठमाडौं, माघ ८ । जनतालाई सुरक्षा दिने काम प्रहरीको हो । सुरक्षाको प्रत्याभुती दिने प्रहरीनै आपराधिक कार्यमा लागेपछि कसको के नै लाग्दो रहेछ र ? यस्तै घटना भएको छ आज ।

अख्तियारले सोमबार बार्गेनिङ गर्दागर्दै महानगरीय प्रहरी कार्यालय रानीपोखरीका असइ तीन लाख घुससहित पक्राउ गरेको छ । कन्ट्रोल शाखामा कार्यरत असई रमेश खड्कालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बालाजु बाइपासबाट पक्राउ गरेको हो ।

एक व्यक्तिको लेनदेनको कागज आफुसँग राखेर उनले बार्गेनिङ गर्दै आएका थिए । पैसा लिन भनेर बाइपासको एक होटलमा पुगेका थिए। पैसा लिएलगत्तै उनलाई आयोगको टोलीले पक्राउ गरेको हो ।

असइ खड्काले दुःख दिएपछि पीडितले अख्तियारलाई खबर गरी घुस दिएका थिए । अख्तियारले असाईलाई पक्राउ गरी आवश्यक छानविन गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?