बालेन शाहसंग सर्बोच्चले माग्यो सात दिनभित्र लिखित जवाफ

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र १३, २०७९
|
|
२४ पटक हेरिएको
Shares
बालेन शाहसंग सर्बोच्चले माग्यो सात दिनभित्र लिखित जवाफ

सारांश

  • काठमाडौ ।
  • काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) शाहलाई सर्वोच्च आदालतले लिखित जवाफ मागेको छ ।
  • बालेन शाहलाई अदालतले अदालतको अवहेलना मुद्दामा लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।

काठमाडौ । काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) शाहलाई सर्वोच्च आदालतले लिखित जवाफ मागेको छ । बालेन शाहलाई अदालतले अदालतको अवहेलना मुद्दामा लिखित जवाफ पेश गर्न आदेश दिएको हो । अदालतले शाहलाई बाटोको म्याद बाहेक सातको दिनको म्याद दिएको हो ।

अधिवक्ता दीपकराज जोशीले बालेनविरुद्ध दायर गरेको अदालतको अवहेलना मुद्दामाथि सोमबार सुनुवाइ गर्दै न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले बाटाको म्यादबाहेक सात दिन भित्र आफैँ वा आफ्ना प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।

‘यसमा के कसो भएको हो ? निवेदन मागबमोजिम अवहेलनामा सजाय किन नहुनुपर्ने हो ? सोको आधार, कारणसहित यो आदेश प्राप्त भएका मितिले बाटाका म्यादबाहेक सात दिनभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्नू भनी यो आदेश र निवेदनको प्रतिलिपि साथै राखी विपक्षका नाममा म्याद सूचना पठाई म्यादभित्र लिखित जवाफ परे वा अवधि नाघेपछि नियमानुसार पेस गर्नू,’ आदेशमा भनिएको छ ।

मेयर बालेनले आफैँ गएर नर्भिक अस्पतालमा बनेको भनिएको अवैध संरचना भत्काउन निर्देशन दिएका थिए । तर, नर्भिकले केही दिनको समय माग्यो । यसपछि महानगरले अस्पताललाई अवैध संरचना भत्काउन समय दियो ।

तर, नर्भिकले आफ्नो संरचना नभत्काउन माग गर्दै दिएको निवेदनउपर सुनुवाइ गर्दै सर्वोच्च अदालतले नर्भिक अस्पतालले नक्सा पास नगरी बनाएको संरचना तत्काल नहटाउन अन्तरकालीन आदेश दिएको थियो ।

उक्त आदेशपछि मेयर साहले सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिले अदालतको अवहेलना भएको दाबी गर्दै अधिवक्ता दिपकराज जोशीले उक्त रिट दायर गरेका हुन् ।

(Klonopin)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?