प्रदेश नं ६ को नाम ‘कर्णाली’

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन १२, २०७४
|
|
३८ पटक हेरिएको
Shares
प्रदेश नं ६ को नाम ‘कर्णाली’

सारांश

  • सुर्खेत, १२ फागुन , प्रदेशसभाको बैठकले ६ नं प्रदेशलाई ‘कर्णाली प्रदेश’ नामाङ्कन गरेको छ ।
  • आज बसेको प्रदेशसभाको बैठकमा प्रदेशसभा सदस्यको बहुमतबाट ६ नं प्रदेशको नाम ‘कर्णाली प्रदेश’ पारित गरेको हो ।
  • बैठकमा नेकपा (एमाले) संसदीय दलका नेता यामलाल कँडेलले प्रदेशको नाम ‘कर्णाली’ राख्नुपर्ने प्रस्ताव गर्नुभएको थियो ।

सुर्खेत, १२ फागुन , प्रदेशसभाको बैठकले ६ नं प्रदेशलाई ‘कर्णाली प्रदेश’ नामाङ्कन गरेको छ ।

आज बसेको प्रदेशसभाको बैठकमा प्रदेशसभा सदस्यको बहुमतबाट ६ नं प्रदेशको नाम ‘कर्णाली प्रदेश’ पारित गरेको हो । बैठकमा नेकपा (एमाले) संसदीय दलका नेता यामलाल कँडेलले प्रदेशको नाम ‘कर्णाली’ राख्नुपर्ने प्रस्ताव गर्नुभएको थियो । उक्त प्रस्तावमा नेपाली काँग्रेस जुम्लाका सांसद दीनबन्धु श्रेष्ठ, एमाले डोल्पाका सांसद वीरबहादुर शाही र राप्रपा कालीकोटका सांसद सोशिला शाही समर्थन गर्नुभएको थियो ।

चालीस प्रदेशसभा सदस्यमध्ये ३७ जनाले सो प्रस्तावको पक्षमा मत जाहेर गरेको तथा मुगुबाट निर्वाचित सांसद चन्द्रबहादुर शाही र झोवा विक अनुपस्थित रहेको सभामुख राजबहादुर शाहीले जानकारी दिनुभयो । बैठकमा सभामुख शाहीले यस प्रदेशको नाम ‘कर्णाली प्रदेश’ भनेर घोषणा गर्नु भएको थियो ।

बैठकमा प्रस्तुत प्रस्तावको छलफलमा प्रदेशसभा सदस्य सीता नेपाली, कृष्णा शाह, हिमबहादुर शाही, कौशिला खत्री, दानसिंह परियार र पदमबहादुर रोकायाले भाग लिनुभएको थियो ।

कर्णाली प्रदेशको राजधानी सुर्खेत

यसैगरी बैठकले सर्वसम्मत रुपमा प्रदेश नं ६ को प्रदेशको राजधानी सुर्खेत (वीरेन्द्रनगर) राख्ने निर्णय गरेको छ ।

आज बसेको प्रदेशसभाको बैठकमा नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले ‘प्रदेश राजधानी सुर्खेतमा राखियोस्’ भनी प्रस्ताव गर्नुभएको थियो । सो प्रस्तावमा नेकपा (एमाले)का सांसद गुलाबजंग शाह र नेकपा (माओवादी केन्द्र)का सांसद गणेशप्रसाद सिंहले समर्थन जनाउनुभएको थियो ।

प्रदेशको राजधानी सुर्खेत राख्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदहरुले प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरको विकल्प नरहेको बताउनुभयो । काँग्रेसका सांसद यज्ञबहादुर विसीले कर्णाली प्रदेशमा सरकार पक्ष र प्रतिपक्षको अनुभूति नभएको बताउनुभयो ।

“प्रदेशको नाम र राजधानी सर्वसम्मत तोक्न सफल भएका छौँ र हामीलाई कोही सत्ता र कोही प्रतिपक्षको सांसदको अनुभूति गर्न पाएनौँ”–उहाँले भन्नुभयो । “समृद्ध प्रदेश निर्माण गर्न आगामी दिनमा सत्ता पक्ष र प्रतिपक्षको महशुस हुनेछैन र प्रदेशको विकासमा एकमतका साथ अघि बढ्नेछौँ”–उहाँले बताउनुभयो ।

छलफलमा भाग लिँदै आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले कर्णाली प्रदेशको मौसमी राजधानीको व्यवस्था गरिनुपर्ने बताउनुभयोे । यो प्रदेशलाई ग्रीष्मकालीन र शीतकालीन राजधानीको रुपमा विकास गरिनुपर्ने भन्दै कर्णालीको केन्द्र जुम्लालाई ग्रीष्मकालीन र वीरेन्द्रनगरलाई शीतकालीन राजधानी बनाउनुपर्ने धारणा राख्नुभयो ।

सांसद शाहीद्वारा नियमापत्ति

नेपाली काँगेसका संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेशको राजधानी सुर्खेत राखियोस् भन्ने प्रस्तावमाथिको छलफलमा सरकारका मन्त्रीहरुले भाग लिन नमिल्ने भन्दै नियामपत्ति गर्नुभयो ।

प्रदेश राजधानी सुर्खेत बनाउनुपर्ने प्रस्तावमाथि भएको छलफलमा भाग लिनका लागि आन्तरिक मामिला तथा कानुनमन्त्री भण्डारीलाई सभामुख राजबहादुर शाहीले बोल्न समय दिएपछि सांसद शाहीले नियमापत्ती जनाउनुभएको हो । “समामुख महोदय प्रदेशको राजधानी तोक्ने विषयको प्रस्ताव तथा सरकारले प्रस्तुत गरेका प्रस्तावमा सरकारका मन्त्रीहरुले बोल्ने परम्परा छैन, यो प्रदेशमा नयाँ नियम भए संसद्लाई जानकारी होस्”–उहाँले भन्नुभयो ।

सभामुख शाहीले मन्त्री भण्डारीलाई बोल्न दिएपछि संसदीय परम्पराविपरीत सरकारका मन्त्रीले सरकारकै प्रस्तावमा भाग लिन नपाउने भन्दै सभामुखको ध्यानाकर्षण गराउनुभयो ।

सभामुख शाहीले मन्त्री भण्डारी मन्त्री मात्र नभई जुम्लाको सांसद भएकाले प्रस्तावमाथि बोल्न समय दिएको बताएपछि विपक्षी दलका नेतासांसद शाही आशनमा बस्नुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुर्खहरु विचारसँग प्रतिवाद गर्दैनन्, शालिकतिर आक्रमण गर्छन् :  प्रधानमन्त्री ओली
मुर्खहरु विचारसँग प्रतिवाद गर्दैनन्, शालिकतिर आक्रमण गर्छन् : प्रधानमन्त्री ओली
काठमाडौं उपत्यका प्रहरी प्रमुखमा एआईजी टेकबहादुर तामाङ
काठमाडौं उपत्यका प्रहरी प्रमुखमा एआईजी टेकबहादुर तामाङ
ऊर्जा सचिव उपाध्यायले किन दिए राजीनामा ?
ऊर्जा सचिव उपाध्यायले किन दिए राजीनामा ?
अव्यवस्थित पार्किङले काठमाडौँ अस्तव्यस्त
अव्यवस्थित पार्किङले काठमाडौँ अस्तव्यस्त
बम समात्ने ‘हिरो’ हवल्दारलाई गृहमन्त्रीको फोन, पुरस्कार दिने घोषणा
बम समात्ने ‘हिरो’ हवल्दारलाई गृहमन्त्रीको फोन, पुरस्कार दिने घोषणा
आज कति छ सुनको मूल्य ?
आज कति छ सुनको मूल्य ?
अबैध यौन व्यवसाय गर्ने १८ जना नेपाली विरुद्ध मुद्दा दर्ता !!!
अबैध यौन व्यवसाय गर्ने १८ जना नेपाली विरुद्ध मुद्दा दर्ता !!!
नेपाल र चीनको सम्बन्ध नयाँ उचाइमा : प्रधानमन्त्री ओली
नेपाल र चीनको सम्बन्ध नयाँ उचाइमा : प्रधानमन्त्री ओली
त्रिदेशीय मोटर र्याली भुटानको फुन्सुलिङ्ग हुदै दार्जलिङ्ग प्रस्थान (हेरौँ ५ तस्वीरमा)
त्रिदेशीय मोटर र्याली भुटानको फुन्सुलिङ्ग हुदै दार्जलिङ्ग प्रस्थान (हेरौँ ५ तस्वीरमा)
एकतापछि प्रधानमन्त्री र पार्टी अध्यक्ष फरक–फरक व्यक्ति : महरा
एकतापछि प्रधानमन्त्री र पार्टी अध्यक्ष फरक–फरक व्यक्ति : महरा

तपाईंले छुटाउनुभयो कि?