करिस्माको काखमा सुत्दा माग्नेबुढा भए पसिना पसिना (भिडियाे सहित)
सारांश
- काठमाडौँ, २७ कात्तिक ।
- जितु नेपाल(मुन्द्रे) को नयाँ कार्यक्रम मुन्द्रेको कमेडी क्लब को दोस्रो भाग सोमबार राति प्रसारण भएको छ ।
- दास्रो भागमा पाहुना भएर आएका कलाकार केदार घिमिरे (माग्ने बुढा ) र करिस्मा मानन्दरले निकै रमाईलो गरे ।
काठमाडौँ, २७ कात्तिक । जितु नेपाल(मुन्द्रे) को नयाँ कार्यक्रम मुन्द्रेको कमेडी क्लब को दोस्रो भाग सोमबार राति प्रसारण भएको छ । दास्रो भागमा पाहुना भएर आएका कलाकार केदार घिमिरे (माग्ने बुढा ) र करिस्मा मानन्दरले निकै रमाईलो गरे ।
जितुले केदार र करिस्मालाई लिएर कल्पना गरेको रोमान्टिक सिनलाई कार्यक्रममा उतार्न खोज्दा एउटा रमाइलो माहोल बनेको थियो । एउटा बगैँचामा रहेका प्रेमीप्रेमिकाको भूमिकामा केदार र करिस्मा देखिएका थिए । करिस्माको काखमा सुतेका केदारले न्युटनले स्याउ खसेर गुरुत्वाकर्षण बल पत्ता लगाएको प्रसंग व्यांग्यात्मक ढंगले जोडेका थिए । केदार करिस्माको काखबाट उठ्दा आफू पसिनै पसिना भएको बताएका थिए ।
जितु नेपालको उक्त शो निकै मन पराइएको छ । यसको पहिलो भाग युटुवको ट्रेन्डिङ एकमा समेत पर्न सफल भएको थियो ।
भिडियोः
(Xanax)
प्रतिक्रिया