बालाजुमा ‘ग्याङफाइट’: खुकुरी प्रहारबाट थापाको अवस्था गम्भीर

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १४, २०७४
|
|
२४ पटक हेरिएको
Shares
बालाजुमा ‘ग्याङफाइट’: खुकुरी प्रहारबाट थापाको अवस्था गम्भीर

सारांश

  • काठमाडौं, १४ माघ ।
  • शनिबार राजधानीमा भएको ग्याङफाइटमा तीन जना घाइते भएका छन् ।
  • शनिबार राति मदिरा सेवनपछि काठमाडौंको बालाजु चोकमा ग्याङफाइट भएको हो ।

काठमाडौं, १४ माघ । शनिबार राजधानीमा भएको ग्याङफाइटमा तीन जना घाइते भएका छन् । शनिबार राति मदिरा सेवनपछि काठमाडौंको बालाजु चोकमा ग्याङफाइट भएको हो ।

ग्याङफाइटमा सुरज थापा, मानबहादुर घले र सुवास लामिछाने घाइते भएका छन् । दुई समूहको विवादमा खुकुरी प्रहार भएको थियो । महानगरीय प्रहरी वृत बालजुका प्रमुख डिएसपी विश्वराज खड्काले मदिरा सेवनपछि विवाद हुँदा फाइट भएको बताए ।

घाइते थापाको पिपुल्स अस्पतालमा उपचार भइरहेको छ । घाइते थापाको अवस्था गम्भीर रहेको डिएसपी खड्काले बताए । घले र लामिछाने गाडी चालक हुन् ।

मदिरा सेवन गरेर थापालाई गाडीमा छोड्न जाँदा चार जनाको समूहले खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहार गर्ने समूहको खोजी भइरहेको डिएसपी खड्काले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?