कर्णालीको विकासका लागि आधुनिक बस्ती विकास गर्नुपर्छ : प्रम ओली

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख २, २०७५
|
|
२५ पटक हेरिएको
Shares
कर्णालीको विकासका लागि आधुनिक बस्ती विकास गर्नुपर्छ : प्रम ओली

सारांश

  • सुर्खेत, २ बैशाख ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीको समग्र विकासका लागि यहाँको बस्ती आधुनिक ढंगले विस्तार गर्नु पर्ने बताएका छन् ।
  • प्रधानमन्त्री ओलीको सम्मानमा मध्यपश्चिम विश्वविद्यालयले आज आयोजना गरेको स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

सुर्खेत, २ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीको समग्र विकासका लागि यहाँको बस्ती आधुनिक ढंगले विस्तार गर्नु पर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीको सम्मानमा मध्यपश्चिम विश्वविद्यालयले आज आयोजना गरेको स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशको विकट भूगोलका कारण अहिलेकै अवस्थामा सबै जनतालाई विकासका पूर्वाधार पु¥याउन मुस्किल भएकोले आधुनिक ढंगले बस्ती विस्तार गर्नुपर्ने बताए । “कर्णाली आर्थिक र मानव विकास सूचकांकका दृष्टिले पछाडि परेको छ” प्रधानमन्त्री ओलीले भने, “तर सरकारले यस प्रदेशलाई कसरी अगाडि बढाउने भन्ने योजना बनाइरहेको छ ।”

कर्णाली प्रदेशको सिमाना दक्षिणी छिमेकीसँग नजोडिएकोले उत्तरी छिमेकसंग जोडिएका सबै नाका खोल्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । “कर्णाली प्रदेश दक्षिणी मित्रराष्ट्रसँग जोडिएको छैन” प्रधानमन्त्री ओलीले भन्नुभयो “त्यस कारण उत्तरी छिमेकीसँगका नाका खोल्नुु पर्छ ।”

प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशलाई बिषादीमुक्त प्रदेश बनाउन सकिने पनि बताए । अन्य प्रदेशमा यस्तो सम्भावना कम भए पनि कर्णाली प्रदेशमा यस्तो सम्भावना रहेको उनले औंल्याए । “कर्णाली प्रदेशलाई बिषादीमुक्त बनाउने हाम्रो योजना छ” प्रधानमन्त्री ओलीले भने । कर्णालीलाई यातायात, सञ्चार, स्वास्थ्य, शिक्षा सबै प्रकारले देशको मूलधारमा जोडिने प्रधानमन्त्री ओलीले बताए ।

प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशबाटै समृद्धिको यात्रा सुरु गरिने स्पष्ट पारे । आफ्नो तीन दिने कर्णाली भ्रमणका क्रममा यहाँको भूगोल, जनजीवन, सम्भावना, चुनौति आदि पक्षका बारेमा प्रत्यक्ष जानकारी लिन पाएको ओलीले बताए । “समृद्ध कर्णाली बनाउन जनप्रतिनिधीहरुले अगुवाइ गर्नुहोस्” प्रधानमन्त्री ओलीले भने, “यहाँको कृषि, जडिबुटी, पर्यटन, उर्जालाई प्रयोग गरेर समृद्धिको यात्रालाई अघि बढाउनु पर्दछ ।”

मध्यपश्चिम विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले विश्वविद्यालयलाई पाठ्यक्रममा ७० प्रतिशत भन्दा बढी प्राविधिक जनशक्ति उत्पादन गरी समायोजन गर्न सुझाव दिए । कार्यक्रममा रक्षामन्त्री ईश्वर पोख्रेल, विश्वविद्यालयका सहकुलपति एवं शिक्षा मन्त्री गिरिराजमणि पाखे्रल, पर्यटन मन्त्री रविन्द्र अधिकारी लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?