नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिनको माग

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २, २०८०
|
|
२६ पटक हेरिएको
Shares
नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिनको माग

सारांश

  • दमक ।
  • भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समिति (विआरआरसी)ले नक्कली भुटानी शरणार्थी प्रकरणको स्वतन्त्र एवं निष्पक्ष छानबिन गरी दोषीलाई काराबाही गर्न माग गरेको छ ।
  • समितिका कार्यबाहक अध्यक्ष तिलक राईले आज प्रेस विज्ञप्ति जारी गर्दैवर्षौदेखि झापा र मोरङका विभिन्न स्थानमा शरणार्थी शिविरमा कष्टकर जीवन बिताइरहेका भुटानी शरणार्थीलाई हालैका घटनाले गम्भीर असर पुर्याएको भन्दै यसको निष्पक्ष छानबिनको माग गरेका हुन् ।

दमक । भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समिति (विआरआरसी)ले नक्कली भुटानी शरणार्थी प्रकरणको स्वतन्त्र एवं निष्पक्ष छानबिन गरी दोषीलाई काराबाही गर्न माग गरेको छ ।

समितिका कार्यबाहक अध्यक्ष तिलक राईले आज प्रेस विज्ञप्ति जारी गर्दैवर्षौदेखि झापा र मोरङका विभिन्न स्थानमा शरणार्थी शिविरमा कष्टकर जीवन बिताइरहेका भुटानी शरणार्थीलाई हालैका घटनाले गम्भीर असर पुर्याएको भन्दै यसको निष्पक्ष छानबिनको माग गरेका हुन् । “यस्तो कार्यले गैर भुटानीलाई भुटानी र सक्कली भुटानीलाई गैर भुटानी बनाउनसक्ने गम्भीर आशङ्का पैदा गरेको छ । गैर भुटानीलाई भुटानी बनाएर पश्चिमा देश खासगरी अमेरिका लैजान ठूलो गिरोह संलग्न भएको र यसमा केही नेपाली नागरिकदेखि उच्च तहका कर्मचारी र पूर्वमन्त्रीसमेत गिरफ्तार भइसकेको घटनाप्रति सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ”, विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, “नक्कली भुटानी शरणार्थी प्रकरणले हामी शिविरमा बस्दैआएका सक्कली भुटानी अत्यन्तै दुःखित भएका छौँ ।”

स्वदेश फिर्ती र परिवार मिलनको आशामा कष्टपूर्ण जीवन बिताइरहेका करिब छ हजार पाँच सयको हाराहारीमा रहेका भुटानी शरणार्थी र पञ्जीकृत हुन बाँकी भुटानीको हितलाई ध्यान दिनसमेत समितिले माग गरेको छ ।

परिचयपत्र वितरणमा ढिलासुस्ती हुँदा सक्कली भुटानी परिचयविहीन हुने अवस्था सिर्जना भएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्ड सरकारले खोल्ने भनेको सबै फाइल हामी खोलेर छानबिन गर्छौं : राजकुमार गुप्ता मन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन
प्रचण्ड सरकारले खोल्ने भनेको सबै फाइल हामी खोलेर छानबिन गर्छौं : राजकुमार गुप्ता मन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन
कुकुरको अपहरणमा करोडौ फिरौती मागे
कुकुरको अपहरणमा करोडौ फिरौती मागे
सैन्य सेवाभित्र सहमतिमा पनि यौन सम्पर्क गर्न नपाइने
सैन्य सेवाभित्र सहमतिमा पनि यौन सम्पर्क गर्न नपाइने
तनहुँमा डेङ्गु नियन्त्रण गर्न उच्च प्राथमिकता
तनहुँमा डेङ्गु नियन्त्रण गर्न उच्च प्राथमिकता
रेल बन्दैन भन्नेहरुको लागि फ्री मा रेल चढ्ने व्यवस्था मिलाउछु: प्रधानमन्त्री ओली
रेल बन्दैन भन्नेहरुको लागि फ्री मा रेल चढ्ने व्यवस्था मिलाउछु: प्रधानमन्त्री ओली
प्रधानमन्त्री अाेलीले बाेलेकाे कुरा पुरा, पाइपबाट घर घरमा ग्यास
प्रधानमन्त्री अाेलीले बाेलेकाे कुरा पुरा, पाइपबाट घर घरमा ग्यास
राष्ट्रपतिसँग माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताको भेटवार्ता: नागरिकता विधेयकमा सहमतिको प्रयास
एशियाडः भलिबलमा नेपाललाई सान्त्वता जित !
एशियाडः भलिबलमा नेपाललाई सान्त्वता जित !
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर
मन्त्रालयको संख्या अझै बढ्न सक्ने सम्भावना
मन्त्रालयको संख्या अझै बढ्न सक्ने सम्भावना

तपाईंले छुटाउनुभयो कि?