कवि वीरशाली पन्तको स्मृतिमा कोष स्थापना

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख ८, २०८०
|
|
२० पटक हेरिएको
Shares
कवि वीरशाली पन्तको स्मृतिमा कोष स्थापना

सारांश

  • गलकोट ।
  • प्राथमिककालीन भक्तिधाराका कवि वीरशाली पन्तको स्मृतिमा रु पाँच लाखको ‘वीरशाली पन्त स्मृति कोष’ स्थापना गरिएको छ ।
  • कवि पन्तको ऐतिहासिक महत्वलाई जीवन्त बनाउने उद्देश्यले अक्षयकोष स्थापना गरिएको हो ।

गलकोट । प्राथमिककालीन भक्तिधाराका कवि वीरशाली पन्तको स्मृतिमा रु पाँच लाखको ‘वीरशाली पन्त स्मृति कोष’ स्थापना गरिएको छ । कवि पन्तको ऐतिहासिक महत्वलाई जीवन्त बनाउने उद्देश्यले अक्षयकोष स्थापना गरिएको हो ।

कोष सञ्चालनका लागि बागलुङ नगरपालिकाको संरक्षकत्वमा प्राज्ञ प्रेम छोटाको अध्यक्षतामा सात सदस्यीय प्रबन्ध समिति गठन गरिएको छ ।

कोषको उपाध्यक्षमा शिक्षासेवी महेशचन्द्र प्रधान, सदस्य सचिव उपप्राध्यापक हरिप्रसाद पाण्डेय, कोषाध्यक्ष गोविन्द गौतम रहेका छन् । यसैगरी, समितिका सदस्यहरुमा क्याम्पस प्रमुख प्राडा रामप्रसाद उपाध्याय, वरिष्ठ अधिवक्ता काजिगाउँले श्रेष्ठ र पन्त समाज बागलुङका अध्यक्ष तथा गुप्तेश्वरी बहुमुखी क्याम्पप्रमुख ज्ञानेन्द्र पन्त रहेका छन् ।

प्रत्येक वर्ष राष्ट्रिय, प्रादेशिक र स्थानीयस्तरमा भाषा साहित्य कला र संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान पु-याउनेलाई २५ हजार नगदसहित ‘वीरशाली पन्त गौरवमय पुरस्कार’ गर्ने निर्णय भएको छ ।

कोषको सञ्चालनका लागि बागलुङ नगरपालिकाबाट पाँच लाख कोषका नाममा जम्मा गरिएको अध्यक्ष प्राज्ञ प्रेम छोटाले जानकारी दिए । सो कोषको ब्याजबाट बर्सेनि प्रदान गरिने पुरस्कार सम्मान र मूलधनको वृद्धिका आधारमा पुरस्कारको राशिमा पनि वृद्धि गर्दै लैजाने उद्देश्य रहेको बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?