प्रदेश नम्बर ४: पोखरामा रहेका ८ वटा ताल जोड्ने मोनोरेल संचालन गर्ने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ २५, २०७५
|
|
५१ पटक हेरिएको
Shares
प्रदेश नम्बर ४: पोखरामा रहेका ८ वटा ताल जोड्ने मोनोरेल संचालन गर्ने

सारांश

  • काठमाडाै, २५ जेठ ।
  • भौतिक पूर्वाधार निर्माणलाई विशेष जोड दिँदै प्रदेश नम्बर ४ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ।
  • आगामी आर्थिक वर्ष २०७५/०७६ को लागि प्रस्तुत नीति तथा कार्यक्रममा पोखरामा रहेका ८ वटा ताल जोड्ने गरी मोनोरेल संचालन गर्नेदेखि कोरलादेखि सुस्तासम्म द्रूतमार्ग निर्माण गरिनेसम्मका योजना समेटिएका छन्।

काठमाडाै, २५ जेठ । भौतिक पूर्वाधार निर्माणलाई विशेष जोड दिँदै प्रदेश नम्बर ४ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ।

आगामी आर्थिक वर्ष २०७५/०७६ को लागि प्रस्तुत नीति तथा कार्यक्रममा पोखरामा रहेका ८ वटा ताल जोड्ने गरी मोनोरेल संचालन गर्नेदेखि कोरलादेखि सुस्तासम्म द्रूतमार्ग निर्माण गरिनेसम्मका योजना समेटिएका छन्।

प्रदेश प्रमुख बाबुराम कुँवरले शुक्रबार प्रदेशसभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमले ८ प्रतिशतको आर्थिक बृद्धिको महत्वकांक्षा लिएको छ भने प्रतिव्यक्ति आय वार्षिक २५ सय अमेरिकी डलर पुर्याउने लक्ष्य लिएको छ। कृषि उत्पादनलाई दोब्बर बनाउने,पाँचवर्षभित्र गरिबी ७ प्रतिशतमा झार्ने,प्रदेशको केन्द्रदेखि स्थानीय तहसम्म सडक सञ्जाल बिस्तार गर्ने,उर्जा उत्पादन र खपत बढाउने,प्रदेशभित्रै रोजगारी सिर्जना गर्ने र औद्योगिक क्षेत्रको विकास गर्ने योजना रहेको छ।

अन्तर्राष्ट्रियस्तरको खेल मैदान निर्माण, बहुउपयोगी सम्मेलन केन्द्र, मुटरोग, मृगौला र क्यान्सर अस्पतालको निर्माण, स्थानीय तहमा २५ र नगरपालिकामा ५० शैयाको अस्पताल निर्माणको थालनी गरिने पनि नीति र कार्यक्रममा उल्लेख छ। केन्द्रको योजनामा परे पनि ३ वर्षभित्र पोखरा÷क्षेत्रीय बिमानस्थल निर्माण, पोखरालाई केन्द्रमा राखी चक्रपथ निर्माणलाई पनि विशेष महत्व दिइएको छ । यो प्रदेशमा सन् २०२२ सम्म २० लाख पर्यटक भित्र्याउने लक्ष्य पनि नीति तथा कार्यक्रमले लिएको छ।

प्रदेश सरकारले यसअघि अगाडि सारेको नीति तथा कार्यक्रममा परेका धेरैजसो विषयहरु यो पटक पनि दोहोरिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बयालीस वडामा सचिव नभएपछि बैतडीका जनतालाई सास्ती
बयालीस वडामा सचिव नभएपछि बैतडीका जनतालाई सास्ती
लामा नेतृत्वको टिम आरोहीहरुको हकहितमा काम गर्ने टिम हो : राजेन्द्र सापकोटा
लामा नेतृत्वको टिम आरोहीहरुको हकहितमा काम गर्ने टिम हो : राजेन्द्र सापकोटा
अपरेसन गर्नै लाग्दा उदयपुर जिल्लाको भन्ने थाहा पाएपछि सरकारी अस्पताल रेफर
अपरेसन गर्नै लाग्दा उदयपुर जिल्लाको भन्ने थाहा पाएपछि सरकारी अस्पताल रेफर
नारुहितो बने जापानको १ सय २६ औं राजा
नारुहितो बने जापानको १ सय २६ औं राजा
शालिकराम पुडासैनी प्रकरणले यी बृद्धले ज्यान गुमाए
शालिकराम पुडासैनी प्रकरणले यी बृद्धले ज्यान गुमाए
ट्रेड युनियन खारेजीको प्रस्तावमा निजामती कर्मचारी संगठनहरुको आपत्ति
ट्रेड युनियन खारेजीको प्रस्तावमा निजामती कर्मचारी संगठनहरुको आपत्ति
२४ घन्टामा देशभर १६ सय १४ संक्रमित थप
२४ घन्टामा देशभर १६ सय १४ संक्रमित थप
प्रिमियर कप फाइनल : नेपालद्वारा यूएई सामू २८१ रनको लक्ष्य प्रस्तुत
प्रिमियर कप फाइनल : नेपालद्वारा यूएई सामू २८१ रनको लक्ष्य प्रस्तुत
भारतमा ‘कोविड–१९’ संक्रमितको संख्या ३३ हजार नाघ्यो र १ हजार भन्दा बढीको मृत्यु
भारतमा ‘कोविड–१९’ संक्रमितको संख्या ३३ हजार नाघ्यो र १ हजार भन्दा बढीको मृत्यु
गठबन्धन सरकार भत्काउन एमाले अध्यक्ष ओलीको प्रयास तीव्र
गठबन्धन सरकार भत्काउन एमाले अध्यक्ष ओलीको प्रयास तीव्र