पहिलो विश्व कास्की सम्मेलन पोखरामा हुदै

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १८, २०७४
|
|
२७ पटक हेरिएको
Shares
पहिलो विश्व कास्की सम्मेलन पोखरामा हुदै

सारांश

  • बिश्वका बिभिन्न देशमा रहेका कास्की जन्मथलो रहेका कस्केलीहरुलाई एकजुट बनाउने उद्धेश्यका साथ कास्की आदर्श सेवा समाज अन्तराष्ट्रिय समन्वय परिषद्को गठन भएको छ ।
  • बिश्वभर छरिएका कस्केलीको खोजी अभियान समृद्ध जन्मथलो हाम्रो स्वाभिमान भन्ने नाराका साथ स्थापित संस्थाको तर्दथ समति गठन गरिएको छ ।
  • उक्त समितिको सचिवालय सदस्यहरुको आज पोखरामा सम्पन्न बैठकले पहिलो ऐतिहासिक विश्व सम्मेलन आगामि असोज २३ गतेका दिन पोखरामा गर्ने गरि तयारीलाई तिब्रता दिएको छ ।

बिश्वका बिभिन्न देशमा रहेका कास्की जन्मथलो रहेका कस्केलीहरुलाई एकजुट बनाउने उद्धेश्यका साथ कास्की आदर्श सेवा समाज अन्तराष्ट्रिय समन्वय परिषद्को गठन भएको छ । बिश्वभर छरिएका कस्केलीको खोजी अभियान समृद्ध जन्मथलो हाम्रो स्वाभिमान भन्ने नाराका साथ स्थापित संस्थाको तर्दथ समति गठन गरिएको छ । उक्त समितिको सचिवालय सदस्यहरुको आज पोखरामा सम्पन्न बैठकले पहिलो ऐतिहासिक विश्व सम्मेलन आगामि असोज २३ गतेका दिन पोखरामा गर्ने गरि तयारीलाई तिब्रता दिएको छ । एक सय एक सदस्य रहेको तर्दथ समितिमा बिभिन्न २० देशमा रहेका नेपालीहरु रहेका छन् ।

पोखरा उद्योग बाणिज्य संद्यको सभाहलमा हुने अधिवेशनको पूर्व-सन्ध्यामा सोही दिन बिहान बृहत म्याराथन प्रतियोगिता समेत आयोजना गरिएको छ । पश्चिमाञ्चल खेलकुद बिकास समितिको व्यबस्थानपनमा हुने २१ किलोमिटर म्याराथन प्रतियोगितामा प्रथम द्धितिय तृतिय र सान्त्वना हुनेले क्रमश रु ४० हजार , २० हजार , १० हजार र ५ हजार प्राप्त गर्ने महासचिव गोविन्द प्रसाद पौडेलले जानकारी दिनुभयो ।

प्रतियोगितामा पुरस्कार प्रायोजन एनआरएन केन्द्रिय सदस्य तथा कास्की समाज पोर्चुगलका प्रमुख रमेश गुरुङले गर्नुभएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?