विकासशील राष्ट्रलाई नेतृत्वदायी भूमिका प्रदान गर्न परराष्ट्रमन्त्रीको अपिल

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन १, २०८०
|
|
३० पटक हेरिएको
Shares
विकासशील राष्ट्रलाई नेतृत्वदायी भूमिका प्रदान गर्न परराष्ट्रमन्त्रीको अपिल

सारांश

  • वाशिङ्टन डिसी ।
  • परराष्ट्रमन्त्री एनपी साउदले जलवायु परिवर्तनले पारेको असरबाट जुध्न विकासशील राष्ट्रलाई नेतृत्वदायी भूमिका प्रदान गर्न विकसित राष्ट्रलाई अपिल गरेका छन् ।
  • जैविक ऊर्जाको भविष्यका लागि सांसदको सञ्जाल (पार्लियामेन्टरियन्स नेटवर्क फर अ फोसी फयुल फयुचर) द्वारा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थितिको गाम्भिर्यतालाई दृष्टिगत गर्दै भावी पिँढीका लागि कार्ययोजना निर्माण गर्न समन्वयत्मक ढङ्गले अगाडि बढनुपर्ने चुनौती देखापरेको बताए ।

वाशिङ्टन डिसी । परराष्ट्रमन्त्री एनपी साउदले जलवायु परिवर्तनले पारेको असरबाट जुध्न विकासशील राष्ट्रलाई नेतृत्वदायी भूमिका प्रदान गर्न विकसित राष्ट्रलाई अपिल गरेका छन् ।

जैविक ऊर्जाको भविष्यका लागि सांसदको सञ्जाल (पार्लियामेन्टरियन्स नेटवर्क फर अ फोसी फयुल फयुचर) द्वारा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थितिको गाम्भिर्यतालाई दृष्टिगत गर्दै भावी पिँढीका लागि कार्ययोजना निर्माण गर्न समन्वयत्मक ढङ्गले अगाडि बढनुपर्ने चुनौती देखापरेको बताए ।

उनले जैविक ऊर्जाको विस्थापनका लागि प्रक्रियागत रणनीतिका बारेमा अतिकम विकसित देशको अध्यक्षको हैसियतले मुख्य वक्ताका रूपमा कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

कार्यक्रममा मन्त्री साउदले विकासशील राष्ट्रले प्रतिबद्धता जनाएअनुसारको ‘ग्रीन क्लाइमेट फन्ड’मा ‘एक सय अर्ब’ उपलब्ध गराउनुपर्ने र सन् २०२५ सम्ममा दोब्बर वृद्धि गर्नुपर्ने कुरामा जोड दिए ।

उनले भने, “हामीहरूले विकसित देशहरूलाई स्वच्छ ऊर्जा उत्पादन वृद्धि गर्न र जैविक ऊर्जाको खपत कम गर्न सदैव भनिररहेका छौँ । हामी हाम्रा विकास साझेदारहरूलाई अतिकम विकसित राष्ट्रहरूमा प्रविधिको रुपान्तरण गर्दै स्वच्छ तथा नवीकरणीय ऊर्जाको प्रयोगमा वढोत्तरी गराउन अनुरोध गर्दछौँ ।”

जैविक ऊर्जाको भविष्यका लागि सांसदहरूको सञ्जाल ९पार्लियामेन्टरियन्स नेटवर्क फर अ फोसी फयुल फयुचर०मा ७० देशका सात सय बढीले हस्ताक्षर गरेर जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न जैविक ऊर्जालाई विस्थापित गर्ने अभिप्रायले स्थापित संस्था हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निशान छापमा नयाँ नक्सा समावेश गर्न संविधान संशोधन गर्ने निर्णय
निशान छापमा नयाँ नक्सा समावेश गर्न संविधान संशोधन गर्ने निर्णय
भ्रमण वर्षको उद्घाटन दशरथ रंगशालाबाट यसरी हुनेछ
भ्रमण वर्षको उद्घाटन दशरथ रंगशालाबाट यसरी हुनेछ
देवेन्द्र पौडेलले पनि छाडे बाबुराम भट्टराईको साथ
देवेन्द्र पौडेलले पनि छाडे बाबुराम भट्टराईको साथ
हलिउड फिल्म ‘ब्लाक प्यान्थर’का हिरो ‘बाहुबली’ अर्थात प्रभासका ठूला फ्यान
हलिउड फिल्म ‘ब्लाक प्यान्थर’का हिरो ‘बाहुबली’ अर्थात प्रभासका ठूला फ्यान
लोगो विश्वविद्यालयको अध्यापन निजीको
लोगो विश्वविद्यालयको अध्यापन निजीको
अध्यागमनको ‘सर्भर डाउन’ हुँदा प्रभावित बनेको अन्तर्राष्ट्रिय उडान नियमित
अध्यागमनको ‘सर्भर डाउन’ हुँदा प्रभावित बनेको अन्तर्राष्ट्रिय उडान नियमित
चर्चित लोकगायक खुमन अधिकारी र लक्ष्मि अाचार्यको सुमधुर स्वरमा सजिएको तिजको गीत  “भिटामिनले मलाई झन कालो बनायो” :भिडियो रेपोर्ट
चर्चित लोकगायक खुमन अधिकारी र लक्ष्मि अाचार्यको सुमधुर स्वरमा सजिएको तिजको गीत “भिटामिनले मलाई झन कालो बनायो” :भिडियो रेपोर्ट
इमान्दारिता मरेको छैन…
इमान्दारिता मरेको छैन…
अझै मिलेन सरकार र उपेन्द्र यादवबीच कुराकानी
अझै मिलेन सरकार र उपेन्द्र यादवबीच कुराकानी
Bukmeker Şirkəti İdmana Onlayn Mərclər 1xbet Giri

तपाईंले छुटाउनुभयो कि?