निर्मला हत्याकाण्डको प्रतिवेदनप्रति प्रमुख प्रतिपक्षको चासो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ११, २०७५
|
|
३९ पटक हेरिएको
Shares
निर्मला हत्याकाण्डको प्रतिवेदनप्रति प्रमुख प्रतिपक्षको चासो

सारांश

  • काठमाडौं, ११ असाेज।
  • निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा छानविन समितिले सरकारलाई बुझाएको प्रतिवेदनप्रति प्रमुख प्रतिपक्षले चासो व्यक्त गरेको छ  ।
  • प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बालिका निर्मला पन्त हत्याकाण्डको छानवीन प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका हुन्।

काठमाडौं, ११ असाेज। निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा छानविन समितिले सरकारलाई बुझाएको प्रतिवेदनप्रति प्रमुख प्रतिपक्षले चासो व्यक्त गरेको छ  । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बालिका निर्मला पन्त हत्याकाण्डको छानवीन प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका हुन्।

वरिष्ठ नेता पौडेलले निर्मला पन्त हत्याकाण्डको छानवीन प्रतिवेदन सार्वजनिक नगरेर सरकारले सो हत्याकाण्डलाई ढाकछोप गर्ने प्रयास गरिरहेको गम्भिर आरोप समेत लगाए। निर्मला हत्याकाण्डका दोषीलाई कानुनी दायरामा ल्याएर मुलुकमा शान्ति, सुरक्षा कायम गर्न सरकार गम्भिर नदेखिएको वरिष्ठ नेता पौडेलको दावी छ।  युरोपका विभिन्न मुलुकस्थित पार्टी संगठनको कार्यक्रममा सहभागी भएर बिहीबार स्वदेश फर्किएको वरिष्ठ नेता पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीमाझ बुढिगण्डकी जलविद्युत आयोजना चीनको गेजुवा कम्पनीलाई निर्माण गर्न दिने सरकारको निर्णयप्रति आपत्ति जनाए। एक फरक प्रसंगमा वरिष्ठ नेता पौडेलले पार्टीका सबै निकायमा विदेशस्थित पार्टी संगठनहरुको प्रतिनिधित्व सुनिश्चित हुनेगरी विधान बनाउन पनि पार्टी नेतृत्वसँग माग गरे।

वरिष्ठ नेता पौडेलले प्रवासमा रहेका नेपालीहरुलाई पनि मतदानको व्यवस्था गर्न सर्वोच्च अदालतले आदेश दिएसँगै पार्टीका प्रवासमा रहेका संगठनहरुको भूमिका र महत्व झनै बढेर गएको पनि स्मरण गराए। १० दिन लामो युरोपको बसाईका क्रममा उनले त्यहाँस्थित पार्टी मातहतमा रहेका नेपाली जनसम्पर्क समितिको कार्यक्रममा सहभागी भएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शौचालयमै शौच गर्न कान्छि उपमेयर शिवकुमारी थारुको आग्रह !
शौचालयमै शौच गर्न कान्छि उपमेयर शिवकुमारी थारुको आग्रह !
नक्कली नेपाली नोटसहित दुई पक्राउ
नक्कली नेपाली नोटसहित दुई पक्राउ
नेपाल अाइडलमा पराल उपहार पाए यी चार जनाले !
नेपाल अाइडलमा पराल उपहार पाए यी चार जनाले !
नेपाल एयरलाइन्सले भोलिदेखि भैरहवाबाट हङकङ र नयाँ दिल्लीमा उडान गर्दै
नेपाल एयरलाइन्सले भोलिदेखि भैरहवाबाट हङकङ र नयाँ दिल्लीमा उडान गर्दै
पद्मरत्न तुलाधरको  निधन
पद्मरत्न तुलाधरको निधन
जब चिनियाँ राष्ट्रपति सी जिङपिङ माओको समाधिस्थलमा तीन पटक झुके
जब चिनियाँ राष्ट्रपति सी जिङपिङ माओको समाधिस्थलमा तीन पटक झुके
अध्यक्ष प्रचण्डसँग विश्व बैंकका प्रतिनिधिले भने, “नेपालको प्राथमिकताका क्षेत्रमा सघाउँछौं”
अध्यक्ष प्रचण्डसँग विश्व बैंकका प्रतिनिधिले भने, “नेपालको प्राथमिकताका क्षेत्रमा सघाउँछौं”
‘प्रचण्ड जी र म जन्मजात शत्रु थिएनौ, नाच्न सिकाउनेले आफैले नाचेर देखाउन्: प्रधानमन्त्री ओली
नेपालमा विदेशबाट गाईगोरुको मल आयात गर्नु कति विडम्वना: अधिकारी
नेपालमा विदेशबाट गाईगोरुको मल आयात गर्नु कति विडम्वना: अधिकारी
नेपालमा भ्रष्टाचार चिन्ताजनक, ३१ अंक प्राप्त
नेपालमा भ्रष्टाचार चिन्ताजनक, ३१ अंक प्राप्त