कहाँ छन् विप्लव र प्रकाण्ड ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र ४, २०७५
|
|
२० पटक हेरिएको
Shares
कहाँ छन् विप्लव र प्रकाण्ड ?

सारांश

  • काठमाडौं।
  • सरकारले प्रतिबन्ध लगाउनु अघि नै अर्धभूमिगत  रहँदै आएका पिप्लव समूहका नेता सरकारी प्रतिबन्धपछि पूर्णरुपमा भूमिगत भएका छन्।
  • संगठन निर्माणमा सक्रिय रहेका विप्लव समूहका नेताहरु यतिबेला अलग अलग रुपमा फरक फरक जिल्लामा रहेको सुरक्षा स्रोतले जनाएको छ।
काठमाडौं। सरकारले प्रतिबन्ध लगाउनु अघि नै अर्धभूमिगत  रहँदै आएका पिप्लव समूहका नेता सरकारी प्रतिबन्धपछि पूर्णरुपमा भूमिगत भएका छन्। संगठन निर्माणमा सक्रिय रहेका विप्लव समूहका नेताहरु यतिबेला अलग अलग रुपमा फरक फरक जिल्लामा रहेको सुरक्षा स्रोतले जनाएको छ।
सुरक्षा निकायले विप्लव र अर्का बरिष्ठ नेता खड्कबहादुर बिश्वकर्मालाई सुरक्षा निकायले आफुहरुको पहुच भित्र नै रहेको दावी गरेको छ ।
सुरक्षा स्रोतका अनुसार विप्लव नेतृत्वको नेकपाका महासचिव विप्लव यतिबेला मध्यामाञ्चलमा रहेका छन्। उनी धेरै जसो सिन्धुलीमा बस्ने गरेका छन्। विप्लवले नुवाकोट,  धादिङ र सिन्धुलीमा आफ्ना नेता तथा कार्यकर्तासँग भेटघाट गरिरहेका सुरक्षा स्रोतले जनाएको छ।
हाल सिन्धुलीमा रहेका बिप्लवको गतिबिधिलाई नजिकबाट निहाली रहेको र उनले आफ्ना नेता तथा
केहीदिन देखि सिन्धुलीका कहिले बस्ती र कहिले जंगलमा बस्ने गरेको समेत सुरक्षा स्रोतले जानकारी दिएको छ।  नेपाल बन्दका दिन सल्यानमा रहेका विप्लव नेतृत्वको नेकपाका दोस्रो बरियताका नेता एवं प्रवक्ता प्रकाण्ड भने यतिबेला दाङमा रहेको बताइएको छ। सरकारले विप्वल नेतृत्वको पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाएपछि शीर्ष नेताहरु एकै ठाउँमा भेला हुन नसकेको सुरक्षा स्रोतले जनाएको छ। तर उनीहरुका गतिविधिलाई सुरक्षा निकायले निकाली रहेको छ।
बिप्वल समूहमाथि प्रतिवन्ध लगाएपछि सरकारले उसका बिभिन्न तहका ८४ जना नेता तथा कार्यकर्ता लाई पक्राउ गरेको छ।
देशका बिभिन्न भागबाट उक्त पार्टीका नेता तथा कार्यकर्ता पक्राउ गरी राज्य बिरुद्धको अपराधमा कारवाही गर्ने तयारी गरेको बताइए छ।
बिषेश गरी रुकुम रोल्पा लगायतका क्षेत्रमा हतियार सहित आफ्ना कार्यकर्तालाई तालिम दिन थालेपछि सरकारले उनीहरुको सबै गतिबिधिलाई नियाल्दै सुरक्षा फौजलाई परिचालन गरेको छ। बिप्लव माओवादीको प्रभावित क्षेत्रमा रहेका सुरक्षा निकायका इकाइमा थप जनशक्ति पठाउने काम समेत सरकारले गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?