दुई महिनामा ९ सयवटा ईभी र ५ सयवटा गाडी आयात

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ९, २०८१
|
|
५६ पटक हेरिएको
Shares
दुई महिनामा ९ सयवटा ईभी र ५ सयवटा गाडी आयात

सारांश

  • काठमाडौं।
  • सरकारले कोरोनाकालपछि शोधनान्तर घाटा र चालू खातामा दबाब परेपछि अनि विदेशी विनिमय सञ्चिति घटेपछि विलासितायुक्त सामानमा कडाइ गरेर आयात प्रतिस्थापन गरेको २ वर्षपछि विलासितायुक्त सामानको आयात बढ्न थालेको छ ।
  • घरजग्गा कारोबारमा आएको केही सुधार अनि साउन र भदौमा नेप्से पनि २ हजारबाट ३ हजार बिन्दुमा पुगेपछि आम्दानी गरेकाहरूले विलासी सामान खरिद गरेका कारण आयात बढेको हो ।

काठमाडौं। सरकारले कोरोनाकालपछि शोधनान्तर घाटा र चालू खातामा दबाब परेपछि अनि विदेशी विनिमय सञ्चिति घटेपछि विलासितायुक्त सामानमा कडाइ गरेर आयात प्रतिस्थापन गरेको २ वर्षपछि विलासितायुक्त सामानको आयात बढ्न थालेको छ ।

घरजग्गा कारोबारमा आएको केही सुधार अनि साउन र भदौमा नेप्से पनि २ हजारबाट ३ हजार बिन्दुमा पुगेपछि आम्दानी गरेकाहरूले विलासी सामान खरिद गरेका कारण आयात बढेको हो ।

यसरी आयात भएका विलासीयुक्त सामानमा हजारदेखि १ हजार ५ सय सीसीका ५ सय १ वटा सवारीसाधन रहेका छन् । दुई महिनामा ५८ करोड ६२ लाख रुपैयाँबराबरका चारपांग्रे सवारीसाधन आयात भएका हुन् ।

दसैंलक्षित सामानहरूको आयात बढेका कारण पनि आयातमा सुधार भएको बताइन्छ । सरकारले भन्सारबिन्दुबाट राजस्व बढाउन भन्सार अधिकृतहरूलाई लक्ष्य तोकेर दबाब दिएका कारणले पनि आयात बढेको भनाइ अर्थविद्हरूको छ । यस अवधिमा विद्युतीय कार तथा अन्य सवारीसाधनको आयात पनि बढेको छ । दुई महिनामा ९ सय ३८ वटा विद्युतीय कार, जीप आयात भएका छन् ।

यस अवधिमा २ अर्ब ४३ करोड २१ लाख २६ हजार रुपैयाँबराबरका इलेक्ट्रिक सवारीसाधन आयात भएका हुन् । १६ अर्ब ७४ करोड रुपैयाँबराबरका सवारीसाधन र त्यससँग सम्बन्धित पाटपुर्जा आयात भएका छन् । गत वर्ष १० अर्ब ८२ करोड रुपैयाँका मात्रै सवारीसाधन आयात भएका थिए ।

भदौमा कुल ३ अर्ब ८२ करोड ७४ लाख ९१ हजार रुपैयाँबराबरका १ हजार ६ सय २ वटा ईभी सवारीसाधन (कार, जीप र भ्यान) नेपाल भित्रिएको भन्सार विभागको तथ्यांक छ । साउनमा मात्रै ८९ करोड ७० लाख २१ हजार रुपैयाँबराबरका ३ सय ८१ वटा ईभी सवारीसाधन आयात भएका थिए ।

भदौमा चीनबाट ५० किलोवाट क्षमता भएका ७१ करोड ९५ लाख २० हजार रुपैयाँबराबरका ३ सय ६१ वटा ईभी सवारीसाधन भित्रिएको छन् । यसैगरी, भारतबाट ३२ करोड ६६ लाख ४८ हजार मूल्यका १ सय ९९ वटा सवारीसाधन आयात भएका छन् । ५० किलोवाट मोटर क्षमता भएका यी सवारी आयात हुँदा सरकारले १४ करोड १३ लाख ४३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

भन्सार विभागका अनुसार ५१ देखि १०० किलोवाट क्षमताका ईभी गाडी भारतबाट २ सय ७६ र चीनबाट ६ सय ६२ गरी जम्मा ९ सय ३८ वटा आयात भएका छन् । यसबाट सरकारले १ अर्ब ५५ करोड १ लाख ७१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

अमेरिकाबाट भने १ सय १ देखि २ सय किलोवाट क्षमताका १ र चीनबाट ९८ वटा ईभी सवारीसाधन भित्रिएका छन् । २ सय १ किलोवाटभन्दा बढी क्षमता भएका ईभी सवारीसाधन चीनबाट दुईवटा र जर्मनीबाट एउटा आएका छन् ।

मोटरसाइकल मात्रै १३ हजार १ सय ३३ वटा आयात भएका छन् । सुन मात्रै १ अर्ब ४ करोड ३२ लाख ८९ हजार रुपैयाँबराबरको आयात भएको छ ।

भन्सार विभागका अनुसार ४ लाख ५४ हजार ९ सय ५८ वटा स्मार्ट फोन आयात भएका छन् । स्मार्टफोन मात्रै १ अर्ब २५ करोड ८ लाख ५६ हजार रुपैयाँको आयात भएको हो । यसबाहेक नेपालमै उत्पादन हुनसक्ने फलफूल र तरकारी मात्रै पनि दुई महिनामा १० अर्ब रुपैयाँभन्दा बढीको आयात भएको छ ।

भन्सारको साउन र भदौको तथ्यांकनुसार ६ अर्ब २४ करोडको हरियो तरकारी र ३ अर्ब ७९ करोड रुपैयाँको फलफूल गरी १० अर्ब ३ करोड रुपैयाँका आयात भएको हो । विभागले ६ अर्ब २४ करोड रकमबराबरको १ लाख ४ हजार मेट्रिक टन तरकारी आयात भएको जनाएको छ । फलफूल भने ३ अर्ब ७९ करोड रुपैयाँबराबरको ४६ हजार मेट्रिक टन आयात भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपा सांसद खनिए नेत्तृत्वसँग
नेकपा सांसद खनिए नेत्तृत्वसँग
ओलीले भने– मलाई माछा मार्न बल्छी चाहिँदैन,
ओलीले भने– मलाई माछा मार्न बल्छी चाहिँदैन,
एसीसी इमर्जिङ कपमा नेपालले जित्यो टस: नेपाल र हङकङ अहिले भिडिरहेका छन्
एसीसी इमर्जिङ कपमा नेपालले जित्यो टस: नेपाल र हङकङ अहिले भिडिरहेका छन्
दुर्घटनामा परी साउदी अरबमा नेपालीको मृत्यु
दुर्घटनामा परी साउदी अरबमा नेपालीको मृत्यु
प्रेमका विविध समस्या उजागर गर्दै ‘अप्रिल फुल’
प्रेमका विविध समस्या उजागर गर्दै ‘अप्रिल फुल’
यस्ता छन् नेता शेखर कोइरालाले कांग्रेस बैठकमा राखेका १५ बुँदे धारणा (पूर्णपाठसहित)
यस्ता छन् नेता शेखर कोइरालाले कांग्रेस बैठकमा राखेका १५ बुँदे धारणा (पूर्णपाठसहित)
दुर्गा प्रसाईद्वारा एमाले पार्टी त्यागेको घोषणा
दुर्गा प्रसाईद्वारा एमाले पार्टी त्यागेको घोषणा
क्यानाडामा हुने ७५ देशको बहुसाँस्कृतिक मेलामा नेपालको भव्य तयारी
क्यानाडामा हुने ७५ देशको बहुसाँस्कृतिक मेलामा नेपालको भव्य तयारी
तीज आजदेखि : व्रत बस्न आडका लागि दर खाने दिन
तीज आजदेखि : व्रत बस्न आडका लागि दर खाने दिन
निर्मला पन्तलार्इ सिधा सुताएर याैन सम्पर्क गरे: दिलिपसिंह बिष्ट (सेक्रेट क्यामेराले कैद गरिएकाे भिडियाे)
निर्मला पन्तलार्इ सिधा सुताएर याैन सम्पर्क गरे: दिलिपसिंह बिष्ट (सेक्रेट क्यामेराले कैद गरिएकाे भिडियाे)