कहानी -पसले साउनीकी छोरी
सारांश
- Nawaraj Shameer, हाम्रो अफिसको छेउमा एउटा खाजा पसल थियो ।
- म अक्सर त्यही पसलमा खाजा खान्थे ।
- त्यो पसलमा जब संगीता बस्थिन तब केटाहरुको अस्वाभाबिक हुल जम्मा हुन्थ्यो त्यहा ।
Nawaraj Shameer,
हाम्रो अफिसको छेउमा एउटा खाजा पसल थियो ।
म अक्सर त्यही पसलमा खाजा खान्थे । त्यो पसलमा जब संगीता बस्थिन तब केटाहरुको अस्वाभाबिक हुल जम्मा हुन्थ्यो त्यहा । केटाहरु मध्ये मलाई बिक्रम भन्ने केटा हदै मन पर्दैन्थ्यो । मैले धेरै पटक उसले संगीताको गाला समाएर तानेको देखेको थिए । म सामान्य जागिरे ,धित फुकाएर खाजा समेत खान सक्दिनथे म पैसाको अभाबले गर्दा । अक्सर बिक्रम छ सात जना केटाहरु लिएर मस्ती गर्न आउथ्यो । धेरै मोल पर्ने मोटारसाइकल लिएर आउने ति केटाहरु आए पछी पसलको माहौल नै परिवर्तन हुन्थ्यो । उनिहरु जबर्जस्ती क्यासेत बजाउन लगाउथे र अङ्रेजी गाना को तालमा नाच्थे । एक पटक म सेल रोटी र चना खाँदै थिए । पसलमा संगीता बसेकी थिई ।
तीन बज्न लागेको समय,बिक्रम धुलो उडाउदै मोटार्साइकल हाकेर दल बल सहित आईपुग्यो । त्यस पछी स्थिती बद्लियो त्यहाको । गाना बज्न थाल्यो,केटाहरु नाच्न थाले र बियरका बोतलहरु खोलिए । म पसलको एक कुनामा निरिह प्राणी जस्तो बनेर हेरिरहेथे । पछी बिक्रमले पैसा तिर्ने बेलामा अचानक उसले संगीताको गालासमाएर तान्यो । म ठीक त्यसबेला चना चपाउदै थिए । मलाई सही नसक्नु रिस उठ्यो । मैले मन मनै बिक्रमे गधा भनेर दारा किटे र दुई हातले चम्चा बाटरेर बङ्याई दिए । त्यस पछी मलाई चना पनि तितो लाग्यो र सेल रोटी पनि खल्लो लाग्यो ।
समय बित्दै गयो । मैले कहिल्यै मनको कुरा संगीतालाई भन्न सकिन । एक दिन मैले ठुलो आट गरेर सनीतालाई प्रेम पत्र लेखे र बोकेर अफिस गए । दिउसो खाजा खाने समय म पसल पुगे । संगीता कुर्ता सुरुवाल लगाएर बसेकी थिई । मैले आलु चना र चिउरा मगाए । खाजा खाँदै गरेकै समय हल्ला खल्ला मच्चाउदै बिक्रमेहरु आईपुगे । त्यस पछी नाच गान शुरु भयो । मैले पर कुनाबाट सबै गतिबिधी नियाली रहेको थिए । केटाहरु कुखुराको साप्रा खाँदै र बियर तान्दै अनी चुरोटको धुवा उडाउदै मस्ती गरिरहेथे । म तिस रुपैयाको खाजामा सिमित निरिह मान्छे आफ्नो भाग्यलाई धिक्कारी रहेको थिए । पछी हिंड्ने बेलामा हजार हजारको नोट निकालेर बिक्रमले संगीतालाई दियो र संगीताको गालामा म्वाई खाइदियो । मैले आँखा चिम्म गरेर दारा किटे,मुठ्ठी कसे ।
मोटरसाइकल कुदाउने बेलामा उसले मुन्टो बाटरेर संगीतालाई ‘ आज मेरो बर्थ डे हो त्यही भएर तीन हजार टिप्स दिएको तिमीलाई ‘भन्यो । मलाई घोर निराशाले गाज्यो । मलाई रिङ्गटा लाग्यो । म आत्मा ग्लानीले बसिभुत भए । तुरुक्क आशु झारे । गोजिबाट संगीताको लागि लेखेको लभ लेटर झिके कसैले नदेख्ने गरी दाहिने हातले कच्याक कुचुक पारेर टेबल मुनी कुनामा मिल्काइ दिए । त्यस पछी म बसेको ठाउँबाट उठे । काउण्टरमा गए र खाता मागेर हिसाब लेखेर हिंडे । त्यही बेला संगीताले भनिन ‘ के हो आज त खुबै निराश हुनुहुन्छ नि । ‘ म बोल्दै नबोली हेडे ।
त्यही रात मेरो सरुवाको पत्र आयो । म काठमाण्डौबाट सुर्खेत सरुवा भएछु । भोली पल्ट शनिबार थियो । आइतबार म आफ्नो झोला बोकेर बसपार्क पुगे । टिकट काटे र प्रतीक्षालयमा गएर बसे । म एक्लै थिए त्यहा । पछी कसैले मलाई पछाडिबाट कोट्यायो । मैले मुन्टो बाटरेर हेरे .
‘संगिता तिमी ? ‘
म आस्चर्य चकित थिए । संगिता झोला बोकेर ठिङ उभीरहेकी थिई ।
‘ हो म । ल लिनोस तपाईंको लभ लेटर । ‘ संगिताले मलाई कागजको पन्ना दिएर अगाडि भनिन ‘ मलाई यतिका माया गर्नु हुदो रहेछ म हजुरसङै जान भनेर आएको ।’
अनी त्यो बिक्रम ?’
बिक्रमेहरु त पसलको ग्राहक बन्न मात्र सुहाउछन रमेश बाबु तर जीवन चलाऊन त हजुर जस्तो मान्छे नै चाहिछ । मितब्ययी,सोझो कुनै कुलतमा नफसेको । “
” के तिमी मसँग जान तयार छौ ? “
” अ तयार छु,जाउ हिंड्नोस । “
“साउनीले गाली त गर्नु हुन्न ? “
संगिता हासिन । मोबाइल फोनको डायल प्याड थिचिन र फोनमा कुरा गरिन अनी मलाई मोबाइल सेट दिदै भनिन-
” ल आफ्नो सासुसँग कुरा गर्नुस् । “
मैले मोबाइल सेट कानमा राखेर हल्लो भने । उताबाट चर्को आबाजमा महिला स्वोरले भन्यो-
” ज्वाँई सायब छोरीलाई दु:ख नदिनु होल नि नत्र जागिर खाइदिउला । ठुल्ठुला नेताहरु चिनेको छु नि मैले त । “
भरे बस दौडिरदा म साउनीको यही कुरा सम्झेर आँखा चिम्लेर मन्द मन्द मुस्काइ रहेको थिए । अनी संगिता चाँही मलाई चिमोट्दै यसो भन्दै थिई
” छ्या के शोचेर मख्ख पारीरहेको होला । “
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया