प्रचण्ड भारत प्रस्थान, नेकपाको दुवै समूहमा चासो

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २०, २०७७
|
|
४१ पटक हेरिएको
Shares
प्रचण्ड भारत प्रस्थान, नेकपाको दुवै समूहमा चासो

सारांश

  • नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत प्रस्थान गरेका छन् ।
  • उनी विहान ११ बजेको उडानबाट मुम्बईतर्फ प्रस्थान गरेका हुन् प्रचण्ड पत्नी सीता दाहाल र छोरीहरु रेणु र गंगा दाहाललाई लिएर भारत प्रस्थान गरेका हुन् ।
  • प्रचण्डको सचिवालयले नियमित उपचारका लागि भारत प्रस्थान गरेको जानकारी दिएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत प्रस्थान गरेका छन् । उनी विहान ११ बजेको उडानबाट मुम्बईतर्फ प्रस्थान गरेका हुन्

प्रचण्ड पत्नी सीता दाहाल र छोरीहरु रेणु र गंगा दाहाललाई लिएर भारत प्रस्थान गरेका हुन् । प्रचण्डको सचिवालयले नियमित उपचारका लागि भारत प्रस्थान गरेको जानकारी दिएको छ ।सीतालाई केही समययता पार्किन्सन जस्तै रोगमो समस्यासँग जुधिरहेकी छिन् । उनको देशभित्र उपचार हुँदै आएको छ । गत हप्तामात्र उनलाई मेडिसिटी अस्पतालमा भर्ना गरी डिस्चार्ज गरिएको हो । यसअघि विदेशमा पनि उपचारका लागि लगिएको थियो ।

प्रचण्ड पत्नी सीता दाहाललाई लिएर भारत प्रस्थान गरेपछि नेकपाको दुवै समूहमा चासो बढेको छ । प्रचण्डप्रति भारत सकारात्मक नभइरहेको देखिइरहँदा उनी पत्नीको उपचारका लागि अन्य देश नगई उतै जान लाग्नुलाई भने अर्थपूर्ण मानिएको छ । भारतमा रहँदा प्रचण्डले राजनीतिक भेटघाट गर्ने नगर्ने खुलिसकेको छैन । तर, उनी नितान्त पत्नीको उपचारमा मात्र केन्द्रित नहुने बुझिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?