सीता बिष्टका तीन कृति सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र २, २०७४
|
|
२२ पटक हेरिएको
Shares
सीता बिष्टका तीन कृति सार्वजनिक

सारांश

  • काठमाडौं, २ चैत ।
  • साहित्यकार सीता विष्टका तीनवटा कृति सार्वजनिक भएका छन् ।
  • काठमाडौंको बालाजुमा आयोजित कार्यक्रममा बिष्टका “समयका छाल”, हाइकू संग्रह, “स्पर्श भाव” मुक्तक संग्रह र “सङ्घर्षको मैदान” गजल संग्रह विमोचन गरिएको हो ।

काठमाडौं, २ चैत । साहित्यकार सीता विष्टका तीनवटा कृति सार्वजनिक भएका छन् । काठमाडौंको बालाजुमा आयोजित कार्यक्रममा बिष्टका “समयका छाल”, हाइकू संग्रह, “स्पर्श भाव” मुक्तक संग्रह र “सङ्घर्षको मैदान” गजल संग्रह विमोचन गरिएको हो ।

प्राडा गार्गी शर्माको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रमका विशिष्ट अतिथि डा. घनश्याम परिश्रमी थिए । “समय छाल” हाइकू संग्रहमा कविता लेख्न, कलम खोज्दै छु नि, पोखिए मसी लगायत ३८ वटा हाइकू छन् । स्पर्श भावमा १९ वटा मक्तक छन् । त्यस्तै, संङ्घर्षको मैदान गजल संग्रहमा ५० वटा गजल समावेश गरिएको छ ।

तीनवटै साहित्यिक कृतिहरु गौरी पब्लिकेलेसन एनपब्लिकेसनले प्रकाशित गरेको हो । पाल्पा डबकामा जन्मिएकी विष्टको यसअघि आँसुका फल, संघार नाघेको उज्यालो, मीना, स्पर्श लगायतका कृति प्रकाशित छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?