राष्ट्रपति पौडेल अस्पताल भर्ना, अवस्था सामान्य
सारांश
- काठमाडौं ।
- राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
- स्वास्थ्य अवस्थामा समस्या आएपछि राष्ट्रपति पौडेल शनिबार काठमाडौंको महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका छन्।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
स्वास्थ्य अवस्थामा समस्या आएपछि राष्ट्रपति पौडेल शनिबार काठमाडौंको महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका छन्।
राष्ट्रपति भवन शीतलनिवासमा ‘जेनजी’ प्रतिनिधिसित प्रधानमन्त्री सुशीला कार्कीको छलफल जारी रहेका बेला उनको स्वास्थ्यमा समस्या देखिएको थियो।
हाल उनको स्वास्थ्य परीक्षण भइरहेको र अवस्था सामान्य रहेको अस्पतालद्वारा शनिबार दिउँसो ३:३० बजे जारी विज्ञप्तिमा उल्लेख छ।
‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूको स्वास्थ्य अवस्थामा समस्या आएपछि यस सेन्टरमा उपचारार्थ भर्ना हुनुभएको छ । हाल सम्माननीयज्यूको स्वास्थ्य परीक्षण भइरहेको र उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराउँदछौँ,’ अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. रत्नमणि गजुरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
безплатен профил в binance
Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?