काँग्रेस जत्तिको अर्को पार्टी दक्षिण एशियामै छैन्
सारांश
- प्रदीप गिरि आम निर्वाचनको प्रचार संग्राममा तपाईंहरुले मलाई आफ्नो कुरा र मेरो पार्टी नेपाली कांग्रेसको कुरा भन्ने मौका दिनुभएकोमा सर्वप्रथम म तपाईंहरुलाई धन्यवाद दिन्छु र हाम्रा मतदातालाई अभिवादन गर्दछु।
- मेरा पिता मित्रलाल गिरि सिरहा र सप्तरी एउटै जिल्ला हुँदा सप्तरी नेपाली काँग्रेसका निर्वाचित जिल्ला सभापति हनुहुन्थ्यो।
- लामो समयसम्म झण्डै आजीवन सभापति रहनु भयो।
प्रदीप गिरि
आम निर्वाचनको प्रचार संग्राममा तपाईंहरुले मलाई आफ्नो कुरा र मेरो पार्टी नेपाली कांग्रेसको कुरा भन्ने मौका दिनुभएकोमा सर्वप्रथम म तपाईंहरुलाई धन्यवाद दिन्छु र हाम्रा मतदातालाई अभिवादन गर्दछु।
मेरा पिता मित्रलाल गिरि सिरहा र सप्तरी एउटै जिल्ला हुँदा सप्तरी नेपाली काँग्रेसका निर्वाचित जिल्ला सभापति हनुहुन्थ्यो। लामो समयसम्म झण्डै आजीवन सभापति रहनु भयो। मेरा काका रुद्रप्रसाद गिरि काँग्रेसको संस्थापक सदस्य हुनुहुन्थ्यो। म स्वयम् विधिवत रुपले काँग्रेसमा लागेको ५० वर्षभन्दा वढी भैसक्यो। भण्डै १४–१५ वर्ष नपुग्दै काँग्रेसमा लागेको हुँ। यसबीच बंशजका नाताले कांग्रेस हुँ भन्नेहरु जस्तै मलाई कहिल्यै अनुभुति भएन। र काँग्रेस पार्टीमा रहदा पनि मैले जहिल्यै पनि काँग्रेसका नेताहरुसँग, वरिष्ठ नेताहरुसँग, सर्वमान्य नेताहरुसँग मात्र होइन काँग्रेसको विचारधारा प्रति पनि एक होइन अनेक पटक संका प्रकट गरेको छु। संका मात्र होइन मतभेद समेत देखाएको छु। मतभेद मात्र किन भन्ने संविधानसभाको एउटा प्रसंगमा त मैले पार्टी नेतृत्वलाई नटेरिकन संविधानसभाको बहिष्कार गर्ने आँट समेत गरेको स्मरण गराउन चाहन्छु।
तैपनि म काँग्रेसमै किन छु त ? यसैसँग टासिएर किन बसेको छु त ? केही त्यस्तो कुरा काँग्रेससँग छ जो अरु पार्टीसंग छैन।
यो प्रश्नको उत्तर म यसमा पाठकलाई दिन बसेको होइन्। यस प्रश्नले मलाई अझै आफैँलाई घच्घच्याउँछ। मुलुकमा धेरै पार्टी छन्। पद नै चाहिएको भएदेखि अर्को पार्टी बनाए भो। आफैँ अध्यक्ष बने भो। कतिपय नेताहरुले आफ्नै अध्यक्षतामा पार्टी खोलेका पनि छन्। जुन सुकै पार्टीमा अथवा जिताउँने पार्टीमा गए भो। कुनै पार्टीको लहर चल्यो भन्छन्, त्यो पार्टीमा लागे भो। तर मैले कहिल्यै पनि कुनै पदका लागि पार्टी भित्र र बाहिर राजनीति गरेको छैन्। तर त्यही पनि मेरो निष्ठा काँग्रेसमा छ। किन ?
काँग्रेस पार्टीले धेरै राम्रो गर्यो, धेरै ठूलो उपलब्धी ग¥यो, मुलुकका समस्या समाधान गर्ने दिसामा प्रतिवद्ध भएर यो गर्यो, त्यो गर्यो भनेर चुनावको मुखमा भन्ने मान्छेहरु धेरै निस्केलान तर म त्यो भन्दिन्।
नेतृत्वसँग मेरा केही मतभेद पनि छन्। ती मतभेद मैले धेरैपटक व्यक्त पनि गरेको छु। मुख्यतः एउटा कारणले म काँग्रेसमा छु। कुनै राजनीतिक पार्टीमा लाग्नु भनेको त्यस पार्टीको आधारभूत जीवन दर्शनलाई, विश्वदृष्टिलाई, मूल्य र मान्यतालाई हेरेर लाग्ने हो। काँग्रेस पार्टीमा कमि कमजोरी धेरै छन्। मलाई यसबारेमा धेरै जानकारी छ।
काँग्रेसको आफ्नै आधारभूत दर्शन छ। आधारभूत विचार छ। त्योसँग म पूर्ण सहमत छु। त्यति सहमत म अन्य कुनै पार्टीसँग छैन्। मुलुक भित्रका पार्टीसंग पनि छैन्। मुलुक बाहिर पनि छैन्। हामी स्वतन्त्रतालाई प्रमुख गुरु मान्दछौ। हामी कुनै गुरुवादलाई मान्दैनौं। तपाईंहरुलाईं थाहा छ प्रजातन्त्रको अत्यन्त सामान्य मान्यता के हो भने मुलुकको सवभन्दा शक्तिशाली व्यक्ति राष्ट्रपति वा प्रधानमन्त्री अथवा पार्टीको अध्यक्ष वा महासचिवलाई पनि निर्वाचनमा एक भोट गर्न दिइन्छ र मुलुकको सवभन्दा निमुखा, निर्धन व्यक्तिलाई पनि एक भोट गर्न दिइन्छ। हामीकहाँ वर्षमा एक पटक नाग पुजा हुन्छ। एक दिन कुकुर पुजा हुन्छ। पाँच वर्ष मै सही प्रजातन्त्रको सिद्धान्तले प्रधानमन्त्री वा राष्ट्रपतिलाई घरदैलो गरेर नमस्कार, नमस्कार गर्न बाध्य गराउँछ।
तपाईंले भन्न सक्नुहुन्छ त्यो त एमालेले पनि गर्छ। यो त माओवादीले पनि गर्न सक्छ। यो अलि जटिल कुरो छ। बल्की सुक्ष्म कुरो छ। तर यस कुरामा फरक छ। उनीहरु सबै कम्युनिस्ट पार्टीहरुले व्यावहारिकताका रुपमा अहिले अर्को विकल्प नभएकोले हामीले यसमा आएको भन्ने गर्दछन्। सरसर्ती उहाँहरुले बोलेको कुरा पनि यही छ।
हिजो माले, एमाले वा आजका माओवादी यही भनेर प्रजातन्त्रलाई उपयोगको वस्तु बनाएका छन्। तर उनीहरुको दस्तावेज भाषा प्रजातन्त्र वा लोकतन्त्रको पक्षमा देखिदैन। विश्व राजनीतिले गर्दा भूमण्डलीकरणले गर्दा उहाँहरु बदलिन बाध्यमात्र हुनुपरेको हो। तर त्यो वदलाव राजनीतिक स्तरमा छ। कार्यनीतिक स्तरमा छ। र रणनीतिक स्तरमा छ तर सैद्धान्तिक स्तरमा छैन्।
नेपाली काँग्रेस बहुलबाद र खुल्ला समाजमा विश्वास गर्ने पार्टी हो। स्वतन्त्र विचारधारामा विश्वास गर्ने पार्टी हो। खुल्ला समाजमा विश्वास गर्ने पार्टी हो। त्यस पार्टीले मलाई आफ्नो वाक स्वतन्त्रताको अधिकारलाई निर्वाधरुपले प्रयोग गर्न दिएको छ। निर्वाध रुपले अराजक हुन समेत अधिकार दिएको छ। त्यो बामपन्थी पार्टीहरुले दिदैनन्। एउटा डा. बाबुराम भट्टराईजस्तो मान्छेलाई माओवादीमा अटाउँन गाह्रो पर्यो। माओवादीमा मात्र होइन् तथाकथित वामगठवन्धनमा समेत अटाउँन गाह्रो पर्यो।
तर बाबुराम भट्टराईका तुलनामा हरेक प्रश्नमा अत्यन्त ज्यादा अग्रगामी भूमिका मैले गर्दागर्दै पनि मलाई नेपाली काँग्रेसले सिंगो राजनीतिक जीवनमा एउटा सामान्य स्पष्टिकरण समेत सोधेको छैन्। पार्टीमा धेरै कुरामा स्पष्टिकरण सोधिन्छ। भ्रष्टचार गरेकोमा सोधिन्छ, अपमान गरेकोमा सोधिन्छ, अनुशासन उलंघन गरेकोमा सोधिन्छ। गलत व्यवहार गरेकोमा सोधिन्छ। तर व्यक्तिगत स्वतन्त्रताको अभिव्यक्ति गर्दा नेपाली काँग्रेसले कसैलाई स्पष्टिकरण सोधेको छैन्। त्यसको प्रमाण म हुँ। म भन्दा आफू खुशी बोल्ने, आफू खुशी लेख्ने कुनै अर्को व्यक्ति नेपालमा छैन् होला। तर पार्टीको म प्रति सहिष्णु दृष्टिकोण छ। सहिष्णु मात्र होइन आदरपूर्ण दृष्टिकोण राखेको छ।
यस पार्टीका नेता तथा समर्पित कार्यकर्ताहरुले मलाई हरेक महाधिवेशनमा स–सम्मान केन्द्रीय सदस्यमा जिताएका छन्। यसलाई गर्व गरेको भन्नु होला, मेरा काँग्रेसका मतदाता रिसाउलान। मैले आदरणीय मतदाताहरुलाई काँग्रेस पार्टीको महाधिवेशनमा भोट समेत माग्नु परेको छैन्। त्यसैले यो विल्कुलै बेग्लै खाल्को पार्टी हो। मलाई लाग्दछ कि आजको दक्षिण एसियामा नेपाली काँग्रेस जस्तो एउटा स्वस्थ र सवल परम्परा बोकेको अर्को कुनै पार्टी छैन्। नेपाली काँग्रेस जत्तिको अर्को पार्टी नेपालमा मात्र होइन बरु दक्षिण एशियामा छैन्। तुलना गर्नु भए हुन्छ।
भएका राजनीतिक पार्टीहरुमा नेपाली काँग्रेस एक मात्र सर्वश्रेष्ठ पार्टी हो भन्दिन्। सवै पार्टीमा विकृति छन्। पार्टी व्यवस्था यस्तै हुँदो रहेछ। विगत दशकमा नेपालमा पार्टीको अवस्थामा झन खराबी देखिएको छ। हाम्रो पार्टी मात्र राम्रो छ भन्दिन, यसमा थुप्रा खराबी होलान। यो कमिकमजोरीहरु तपाईंहरुले बाहिरबाट देख्नु भएको होला। मैले भित्र पसेर देख्या छु। तर बाहिर र भित्र दुवैको निभ्रान्त, निसंकोच र वस्तुनिष्ट अध्ययन गर्न तपाईंहरुलाई म आग्रह गर्न चाहन्छु। नेपालका सवै पार्टी खराब होलान्। तर सवभन्दा कम खराव नेपाली काँग्रेस हो। त्यसैले म सबै मतदाताहरुलाई सिंगो नेपाली कांग्रेसलाई र व्यक्तिगत रुपमा मेरा मतदाताहरु मलाई अमूल्य मतदान गर्न सादर अनुरोध गर्दछु।
Babu Ram Paudel
ho bilkul ho yasto gaddar choor daka dalal yasto tarty tw world mai xena hola !!!!
Narayan Gautam
भारत को लम्पसार देस दोर्ही हो ्
Pokharel Raj
ठिक भन्यौ युरोपियन र भारतिय दलाल प्रदिप गिरि … काङ्ग्रेस जस्तो गोबर र देशघाती पार्ट शायदै न होला
Prem Pun
तेही भएर 48 वोटा उधोगधन्दा कलकारखाना नदीनाला बेचेर झवाँम पारिस डाँका हरू
Suresh Timalsina
Ho mula chor party hola
Gunakhar Neupane
तेहि भयर हाेला देश विगरिएकाे
Binod Thapa Magar
chor fatta vrast yo bissomai xain
Ashok Kumar
बिश्वमा नै छैन ६० बर्षसासन गरे पनि बिकास गर्न नसक्ने नेताहरूलाइ भ्रष्टाचार गरेर अकुत सम्पनि कमाउदा पनि कारबाहि गर्न नसक्ने बरू उल्टै चुनाब लड्न पाउनु पर्छ भ्रष्टाचार गरेकाले पनि भनेर लबिङगर्ने देशका नदिनाला बेचेर खाने कलकारखाना कौडिको भाउमा बेचेर खाने यस्तो पाटि छ त कतै ????
Gp Wagle
Thik ho chunab paxi batti baler khojnu parxa
Bikash Khatri
Xaina sadhai sarakar ma basera desh barbad banaune nadinala vayeko sabai karkhana bechera kahile napugbe indiako das vayera bachnuko artha holara
Praladh Bhandari
Xina2 varastachar ma Kahi xina
Binod Dahal
kharab bhanna khojeko ho bhane thik kura ho .
Ido Pk Ido Pk
Khokyo yar xer bahadurko puxxarale
Dinesh Thapa
Varasta chari ma ta 100% sahai Ho Giri ji
Ram Kumar Dhakal
बिश्वमा नै छैन ६० बर्षसासन गरे पनि बिकास गर्न नसक्ने नेताहरूलाइ भ्रष्टाचार गरेर अकुत सम्पनि कमाउदा पनि कारबाहि गर्न नसक्ने बरू उल्टै चुनाब लड्न पाउनु पर्छ भ्रष्टाचार गरेकाले पनि भनेर लबिङगर्ने देशका नदिनाला बेचेर खाने कलकारखाना कौडिको भाउमा बेचेर खाने यस्तो पाटि छ त कतै ????
Ram Kumar Dhakal
बिश्वमा नै छैन ६० बर्षसासन गरे पनि बिकास गर्न नसक्ने नेताहरूलाइ भ्रष्टाचार गरेर अकुत सम्पनि कमाउदा पनि कारबाहि गर्न नसक्ने बरू उल्टै चुनाब लड्न पाउनु पर्छ भ्रष्टाचार गरेकाले पनि भनेर लबिङगर्ने देशका नदिनाला बेचेर खाने कलकारखाना कौडिको भाउमा बेचेर खाने यस्तो पाटि छ त कतै ????
Ram Kumar Dhakal
बिश्वमा नै छैन ६० बर्षसासन गरे पनि बिकास गर्न नसक्ने नेताहरूलाइ भ्रष्टाचार गरेर अकुत सम्पनि कमाउदा पनि कारबाहि गर्न नसक्ने बरू उल्टै चुनाब लड्न पाउनु पर्छ भ्रष्टाचार गरेकाले पनि भनेर लबिङगर्ने देशका नदिनाला बेचेर खाने कलकारखाना कौडिको भाउमा बेचेर खाने यस्तो पाटि छ त कतै ????
Dp Luitel Purbeli
अामा तिमीलाई बोक्सी भन्छन्,हुन्दे छोरी जस्तो देख्छन् तेस्तै भन्दछन्।गिरी जमदार साहेवको कुरा यहि होला।
Rajesh Sharma
ho ni attaiko vrasta parti ta south asia ma nai xaina .
Rajesh Sharma
kasai le annetha nalinu hola vrastha thapna vulnu vayexa .
मतिराज पौडेल
ठिक भनेउ गिरि एसिया छाडि बिस्वमै छैनन होला देस्को खांने जन्तालाइ झुक्याउने भोट माग्ने सत्तामा जाने
भए भर्का सम्पती बेच्ने र नेपाल आमालाइ अर्कै देस्लाइ जिम्मा लगाउने
यस्ता पार्टी बिस्व् मै छैन न!
Pirthibi Gurung
HO SACHI CONGRESS JASTO BHARSTA DASHIN YASIA MA CHAINA
Shambhu Shrestha
ठिकभन्यो प्रदिप गिरीले काङग्रेस जस्तो कामनलाग्ने पाटी दक्षिन एसियामा छैईन
Krishna Wasti
ठीक कुरा हाे, किनकि दक्षीणएशियामा काग्रेश जतिकाे भ्रष्ट पार्टी अर्काे कुनै छैन ।
Suresh Bhatt
दक्षिण एसियाको के कुरा गर्नुहुन्छ नेता ज्यु हजुर को पृय रास्ट् भारत मा नै रहेन काङ्ग्रेस पार्टी ।।।अब नेपालमा नि भर छैन ।।
Tulsi Dangi
ठिकै हो नेता ज्यु, उध्योग कलकारखाना, नदि नाला भारतलाई बुझाउने १ नम्बर को दल हो
Krishna Thakuri
ठिक भनिस तैले नेपाली काँग्रेसमा जति अरू पार्टी मा गद्दार चाेर भ्रष्टचारी फताहा दक्षिण एसिया मा नै छैन
Narayan Chhetri
tha chha
Shiva Prasad Parajuli
सर्बोच्चले पुष्टि गर्यो गोबिन्द ,खुम,जयप्रकाश अनि चिरन्जिबी जस्ता नेताको पार्टी हो नि त
Amrit Chhetri
yov jate phataha pate xina vanako hola
Yadab Raj Dhungana
twakendra…
Binod Kunwar
fata kura gharcha fata
Damodar Lamsal
भ्रष्टचारी र तस्कर लाइ सम्रछ्यण नगरी र कमिसन खाने बानीचै छोडेर देश जनताको लागि अलिकति काम गरिदिए पार्टि राम्रोहो तर पार्टी हाक्ने नेतालेपो सखाप पारी सकेत।
S.b. Pokhrel
छैन छैन यत्तिको भ्रष्ट पार्टी त यसिया मा होइन विश्व मै छैन।।।
Ram Singh Dhami
ठिक भन्याे यस्ताे पाठि ससारमै छैन ।अाफ्नाे स्वाभिमान अर्काकाे चरणमा लगेर सुम्पने ।लम्पसार बादि चरितर भएकाे डाकाहरू भरस्ट लुटेरा हरूकाे जमात भएकाे।
Narendra Bohara
Ho ni yesto vrast koi chhain
Balkrishna Dhakal
यत्तिकोभ्रष्ट र देश घाती पार्टी संसार माँ जो अन्त छैन??
Uddhav Dahal
छईन छईन ति दखिन् भारत मा छईन
Gopal Puri
भ्रस्टाचारकै कारण
एकनम्बरको पार्टी भयाको होइन त? नी।
Sita Lamichhane
पक्कै छैन हजुर । यसमा कसैले शंका गरेका छैनन् । यो देशका नदी नाला एकाध बच्ने बेला सम्म यो भारतभक्ती सदैब बचाइ राख ।
Rabindra Kafle
सहि कुरा हो। यस्तो भ्रष्टाचारीहरूले भरी भराउ पार्टी सायद बिश्वमै छैन।
Hem Basnet
सुट बुट , लाली पाउडर लगाएका चिल्ला गाडीमा हिड्ने नेताहरु भएका सबै पार्टीहरु संसार कै राम्रो पार्टी हुन्छन् होलानी ।लाखौ युवाहरुलाइ बिदेशी भुमिमा गुलाम गराउन सफल हाम्रा देशका पार्टीहरु साच्ची दक्षिण एसियाको मात्र नभएर संसारभरि कै राम्रा पार्टीहरु मध्ये पर्छन होला हाम्रा नेपालका पार्टीहरु हैन ??? खै म त तेति नपढेको मान्छे भन्न पनि जान्दिन यहि नै भन्न खोजेको होला भनेर सुधारी पढ्नु हुन अनुरोध गर्दछु ।संसार भरिमा कसैले काम गर्न नसकेको चमत्कार गर्ने ब्याक्ती वा सस्थाको नाम गिनिज बुक अफ वल्ड रेकर्डमा दर्ता गराउछन् रे हाम्रा देसका राम्रा पार्टीहरुले नाम दर्ता गराउन भ्याएका छन कि छैनन् कुन्नी ।
रेवती रमण कार्की
Hola kalo bajari vastachahi ra lampasar badi keko hunu ni?
Basudev Adhikari
दक्षिण एसीयामा मात्रै होर नेता जी सन्सारमानै कांग्रेश जस्तो भ्रस्ट पाटी छैन होला ।
Manoj Shrestha
योपनी पढमुर्ख बनेछ ।
Rajendra Kunwar
Ma jasto ramro manche asia Mai chhina. Kuro neta ji.
Dhruba Raj Gyawali
World ma nae xaen