प्रदेश सरकार बनाउन यस्तो छ सातै प्रदेशको अंकगणित

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १४, २०७४
|
|
२९ पटक हेरिएको
Shares
प्रदेश सरकार बनाउन यस्तो छ सातै प्रदेशको अंकगणित

सारांश

  • प्रदेश १ : एमालेको एकल बहुमत प्रदेश १ मा ९३ मध्ये ५१ सिट जितेकाले एमालेको एकल बहुमत छ ।
  • संविधानअनुसार स्वतः एमालेको नेतृत्वमा सरकार बन्छ ।
  • माओवादीले जितेको १५ सिट थपिँदा ६६ सिट पुग्छ ।

प्रदेश १ : एमालेको एकल बहुमत

प्रदेश १ मा ९३ मध्ये ५१ सिट जितेकाले एमालेको एकल बहुमत छ । संविधानअनुसार स्वतः एमालेको नेतृत्वमा सरकार बन्छ । माओवादीले जितेको १५ सिट थपिँदा ६६ सिट पुग्छ । कांग्रेसले यो प्रदेशमा २१ सिट मात्र जितेको छ ।

प्रदेश २ : मधेसकेन्द्रित दलको बहुमत

प्रदेश २ मा १०७ मध्ये राजपा र संघीय समाजवादी फोरमले ५४ सिट जितेका छन् । संघीय फोरमको २९ र राजपाको २५ सिट जोड्दा बहुमत पुग्ने भएकाले उनीहरूकै सरकार बन्ने सम्भावना छ ।

मुख्यमन्त्रीमा दुवै दलको दाबी रहे पनि भागबण्डाबारे विस्तृत छलफल भइसकेको छैन । गठबन्धनसँग मिल्ने दललाई मुख्यमन्त्रीको अवसर प्रदेश २ मा एमालेले २१, कांग्रेसले १९ र माओवादीले ११ सिट जितेका छन् ।

दुई मधेसकेन्द्रित दलबीच कुरा नमिल्दा एउटाले वाम गठबन्धनसँग समीकरण गर्नेबित्तिकै मुख्यमन्त्रीसहित महत्वपूर्ण पद पाउन सक्छ । वाम गठबन्धनको ३२ सिट छ। कुनै एक दल कांग्रेससँग मिलेर सरकार बनाउन भने बहुमत पुग्दैन ।

प्रदेश ३ : एमालेको एक्लै बहुमत

जम्मा ११० मध्ये ५८ सिट जितेका कारण एकल सरकार बनाउने गरी एमालेको बहुमत छ । माओवादीको २३ सिट थपिँँदा ८१ सिटसहित गठबन्धनको दुईतिहाइ पुग्छ । यो प्रदेशमा कांग्रेसले २१ सिट मात्र जितेको छ । विवेकशील साझा पार्टीले तीन, नेमकिपाले दुई, राप्रपा, नयाँ शक्ति र राप्रपा प्रजातान्त्रिकले एक–एक सिट जितेका छन् ।

प्रदेश ४ : गठबन्धनकै बहुमत, एकता टुटे साना दल निर्णायक

यो प्रदेशमा ६० मध्ये २७ सिट जितेर एमाले ठूलो दल छ । माओवादी केन्द्रको १२ सिट थपिनेबित्तिकै ३९ सिटसहित वाम गठबन्धनको बहुमत पुग्छ । राष्ट्रिय जनमोर्चाको तीन सिट थपिए ४२ सिट पुग्छ ।

कांग्रेसले १५ सिट जितेको छ । गठबन्धन टुटेको स्थितिमा भने साझा विवेकशीलको दुई, स्वतन्त्र एक र जनमोर्चाको एक सिट निर्णायक हुन्छ। त्यो अवस्थामा कांग्रेस, माओवादी र साना दलको समीकरण पनि बन्न सक्छ । तानातानमा जुनसुकै ठूलो दलको नेतृत्वमा पनि सरकार बन्न सक्छ।

प्रदेश ५ : गठबन्धन टुटे अर्को समीकरणको खतरा

जम्मा ८७ सिटमध्ये एमाले एक्लैले ४१ सिट जितेको छ । माओवादीको २० सिट थपिँदा गठबन्धनको ६१ सिटसहित भारी बहुमत पुग्ने भएकाले सहजै सरकार बन्छ। कांग्रेसले १९ सिट जितेको छ । संघीय समाजवादीले पाँच तथा राजपा र राजमोले एक–एक सिट जितेका छन् ।

वाम गठबन्धन टुटेको अवस्थामा भने संघीय समाजवादी फोरमको सिट निर्णायक हुन सक्छ । कांग्रेस, माओवादी र संघीय समाजवादी फोरम मिलेमा ४४ सिटसहित बहुमतको अर्को समीकरण बन्ने सम्भावना पनि रहन्छ।

प्रदेश ६ : एमालेको एकलौटी सरकारको सम्भावना

प्रदेश ६ को ४० सिटमध्ये एमाले एक्लैले २० सिट जितेको छ । यो कुल सिटको ५० प्रतिशत हो । माओवादीको १३ सिट थपिनेबित्तिकै ३३ सिटसहित दुईतिहाइभन्दा बढी बहुमत पुग्छ । कांग्रेसले ६ सिट मात्र जितेको छ भने राप्रपाले एक सिट जितेको छ ।

गठबन्धन टुटेमा एमालेबाहेक तीन दल मिल्दा पनि बहुमत पुग्दैन । तर, एमालेसँग राप्रपा मिल्नेबित्तिकै सामान्य बहुमतसहितको सरकार बन्छ । राप्रपा नमिलेमा पनि गोलाप्रथाबाट या आपसी सहमतिमा सरकारको नेतृत्व आधा–आधा कार्यकाल बाँडिएमा एमालेको एकलौटी सरकार पनि बन्न सक्छ ।

प्रदेश ७ : गठबन्धन टुटे राजपा निर्णायक

यो प्रदेशमा ५३ मध्ये २५ सिट जितेर एमाले ठूलो दल छ । माओवादीको १४ सिट थपिनेबित्तिकै दुईतिहाइ बहुमतसहित गठबन्धनको सरकार बन्छ । कांग्रेसले १२ र राजपाले दुई सिट जितेका छन्।  गठबन्धन भत्किएको अवस्थामा एमालेबाहेकका दल मिल्दा २८ सिटसहित बहुमत पुर्‍याएर अर्को समीकरण बन्न पनि सक्छ। तर, राजपाले साथ दिएको अवस्थामा भने एमालेकै नेतृत्वमा पनि सरकार बन्न सक्ने हुन्छ। (साभार : नयाँपत्रिका)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टहरामै बित्यो लामिछनेको जीवनः परिवारलाई रु छ लाख सहयोग
टहरामै बित्यो लामिछनेको जीवनः परिवारलाई रु छ लाख सहयोग
नेकपा (एमाले) मधेस प्रदेश सरकारबाट बाहिरियो
नेकपा (एमाले) मधेस प्रदेश सरकारबाट बाहिरियो
आइस क्रिममा कोरोना भाइरस पत्ता लाग्यो
आइस क्रिममा कोरोना भाइरस पत्ता लाग्यो
कुनै पनि बहानामा काममा ढिलाई गर्ने छुट छैन : प्रम ओली
कुनै पनि बहानामा काममा ढिलाई गर्ने छुट छैन : प्रम ओली
नवलपरासी पूर्वमा आठ करोड बढीको सुन्तला उत्पादन
नवलपरासी पूर्वमा आठ करोड बढीको सुन्तला उत्पादन
ज्योति विकास बैंकले ल्यायो ६५ महिनामै पैसा डबल हुने योजना
ज्योति विकास बैंकले ल्यायो ६५ महिनामै पैसा डबल हुने योजना
गृहमन्त्रीले अनुगमन गरेको भोलिपल्टै विमानस्थलमा सफ्टवेयर नचल्दा डामाडोल….
गृहमन्त्रीले अनुगमन गरेको भोलिपल्टै विमानस्थलमा सफ्टवेयर नचल्दा डामाडोल….
जग्गा प्रकरणमा पक्राउ परेका मीनबहादुर गुरुङसहितका आरोपीलाई अझै थप पाँच दिन हिरासतमा राख्न अनुमति
जग्गा प्रकरणमा पक्राउ परेका मीनबहादुर गुरुङसहितका आरोपीलाई अझै थप पाँच दिन हिरासतमा राख्न अनुमति
कञ्चनपुरको प्रतिनिधिसभाका तीन र प्रदेश सभाका छवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धन विजयी
कञ्चनपुरको प्रतिनिधिसभाका तीन र प्रदेश सभाका छवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धन विजयी
नागरिक उड्डयन प्राधिकरणका ५ काण्ड, जसले महानिर्देशकको कुर्सी हल्लाए
नागरिक उड्डयन प्राधिकरणका ५ काण्ड, जसले महानिर्देशकको कुर्सी हल्लाए

तपाईंले छुटाउनुभयो कि?